IMG-LOGO

अपाङ्गता भएकाहरुलाई सहायक सामाग्री हस्तान्तरण

 मंगल, मंसिर २१, २०७८  ---

 

       पनौती, ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुक्रबार एक कार्यक्रमबीच पनौती नगरपालिका महिला तथा बालबालिका शाखाले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसारको सहायक सामाग्री वितरण गरेको छ । नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता र उपप्रमुख गिता बञ्जाराको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । ह्वील चियर, टेवल, कुर्सी, सुत्ने वेड, चार्ज रेकडर, आँखा नदेख्नेको लागि टेक्ने लौरो सेतो छडी र डाइफर लगाएतका सामाग्री नगर उपप्रमुख गिता बञ्जारा र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद वाग्लेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

       पनौती नगरपालिका कृषि तथा पशुपन्छी विकास शाखा प्रमुख मणिप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, पनौती नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी पोखरेल, डा. शम्झना शर्मा, प्रशासनिक क्षेत्रका नायव सुब्बा केशव कर्माचार्य लगायतको आतिथ्यता रहेको थियो । बुद्धिमान तामाङ र सन्दीप केसीलाई अपाङ्गताको प्रमाण पत्र प्रदान गरेको उक्त कार्यक्रममा १४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकताका आधारमा सहायक सामाग्री हस्तान्तरण गरेको कर्मचारी मुगा घिमिरेले बताउनुभयो । कार्यक्रमको सञ्चालन कर्मचारी राममाया श्रेष्ठले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्