धुलिखल, नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगरको आयोजनामा धुलिखलमा जिल्ला समिती अध्यक्ष टोक व. वाइवाको प्रमुख आतिथ्यता तथा नगर कमिटी अध्यक्ष दयसागर श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा वडा नं ९ बाट एमाले, माओवादी तथा नेपाली काँग्रेस पार्टीबाट रोशन परियार, श्याम परियार, रामचन्द्र हुमागाई, तेजप्रसाद हुमागाइ, रविन्द्र प्रसाद हुमागाई, शिव वानिया, अजित सुन्दास, इश्वरी प्रसाद हुमागाई, अनिल राज हुमागाई, सरोज हुमागाई तथा दिपक राज वजगाइ लगायतका व्यक्तिहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
यसै क्रममा नगरपालिका तथा नगर पार्टी बारे नगर अध्यक्ष दयासागर श्रेष्ठले जिल्लाको पार्टी संगठनका काम र विकास निर्माणमा भएका कार्य योजना बारे, जिल्ला समिती सचिवालय सदस्य एवं नगर इञ्चार्ज हरि गोपाल प्रधानाङ्ले जिल्ला पार्टी सचिवालय सदस्य टिका प्रसाद हुमागाइले समसामयिक विषय बारे आ–आफ्नो मन्तव्य राखेका थिए । प्रमुख अतिथि टोक बहादुर वाइवाले राष्ट्रिय राजनीति तथा संगठन सम्बन्धि भए गरेका र गरिने योजनाको बारेमा विस्तृत योजना सहितका विचार व्यक्त गर्नुभएको थियो । केही दिन भित्र नगरका सबै वडामा पार्टी सँगठन निर्माण तिव्ररुपमा अघि बढ्ने कुरा नगरकमीटी अध्यक्ष दयासागर श्रेष्ठले बताउनुभयो ।
