नेकपा (माओवादी केन्द्र) काभ्रेको पालिका सम्मेलन अन्तर्गत महाभारत गाउँपालिकामा कान्छालाल जिम्बा, खानीखोला गाउँपालिकामा अविरल जिम्बा, भुम्लु गाउँपालिकामा प्रेम बहादुर भुजेल, रोशी गाउँपालिका डिल्लीप्रसाद रेग्मी, बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनाको अध्यक्षमा नयाँ कमिटी चयन भएको छ । यसैगरी मण्डनदेउपुर नगरपालिकामा निरञ्जन विष्ट (दिप), पाँचखाल नगरपालिकामा चेतप्रसाद गौतम (मणि), नमोबुद्ध नगरपालिका मिन्टु लामा, तेमाल गाउँपालिकामा लालध्वज लामा तामाङको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ ।
यो समाचार तयार पार्ने बेला सम्म धुलिखेल , पनौती, बनेपा नगर र चौरीदेउराली गाउँपालिकाको भने कमिटी चयन गर्न बाँकी रहेको बताइएको छ ।
