जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका चाईनिज नागरिक लिउ युईलाई थुनामुक्त गराई दिन्छौँ भनि प्रतिवादीकी श्रीमतीबाट २० लाख रुपैयाँ रकम लिई ठगी गरेको भन्दै (काभ्रेपलाञ्चोक पनौती न.पा वडा नं. १० घर भई हाल का.जि बुढानिलकण्ठ न.पा वडा नं.१० सुकेधारा शान्तिकोलोनी बस्ने बर्ष २७ किलाई) मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको हो । रविना समेतका २ महिलाहरूले आफ्नो मान्छे वकिल छन् उनले न्यायाधीश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई थुनामा रहेका तपाईँको श्रीमानलाई धरौटीमा छुटाई दिने र सेटिङ गर्नको लागि खर्च लाग्छ भने अनुसारको रकम दिँदै जानु भनि प्रतिवादीकी श्रीमतीलाई विश्वास दिलाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको छ । उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
