नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले देश नै रनक्कै तातेको छ । पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा भए पनि स्थानीय सरकारको चुनावको झल्को दिने खालको चुनावी माहोलले विगत २ महिना देखि काभ्रे कांग्रेसमा चुनावको राप ताप र प्रभाव रह्यो । काभ्रे कांग्रेसको शुक्रबार सम्पन्न जिल्ला अधिवेशनले तिर्थ लामालाई १ हजार ६ सय ४६ भारीमतले निर्वाचित गरेका छन् । उनका प्रतिपर्धा अच्यूत प्रसाद पौडेलले ७ सय ७० मत प्राप्त गरेका छन् । रोशी गाउँपालिका वडा नं ६ सिपालीमा जन्मेका तिर्थ लामा विगत डेढ दशक देखि राजनीतिमा सक्रिय छन् । काभ्रे प्रतिनिधिसभा क्षेत्रीय सभापति दुई पटक, प्रतिनिधिसभा सभापति १ पटक र २०७० सालको निर्वाचनमा संविधान सभासदस्यमा निर्वाचित भएका तिर्थ लामा तामाङ समुदायबाट नेपाली कांग्रेस काभ्रेको नेतृत्वमा पुग्ने पहिलो सभापति भई इतिहास रचेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं नेका काभ्रेका पूर्व सभापति शिव प्रसाद हुमागाइ र निवर्तमान सभापति मधु आचार्यको दुई प्यानलबाट भएको चुनावी प्रतिस्पर्धामा उनी शिव हुमागाई प्यानलबाट चुनावी मैदानमा उत्रेका हुन् । मधु आचार्य प्यानलबाट अच्युट प्रसाद पौडेल समुह चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । मधु प्यानलको रामप्यारी पोटे अवाले कार्यसमिति सदस्य बाहेक अरु सबै शिव प्रसाद हुमागाइको प्यानल तिर्थ लामाको समुह निर्वाचित भएका छन् । उप सभापतिमा ठाकुर प्रसाद न्यौपाने १ हजार ४ सय , अर्का उपसभापति रमेश प्रसाद हुमागई १ हजार ५ सय २३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी गोविन्द बहादुर थापा ६ हजार ९५ , संकर दास लामा (राजु) ६ सय ५२ र देवराज लामाले २ सय ४१ मत प्राप्त गरेर हार बेहोरेका छन् । त्यसैगरी सचिव पदमा गुणराज मुक्तान १ हजार ४ सय २० र माधवप्रसाद ढकाल १ हजार ४ सय १० मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुको प्रतिस्पर्धा कामल बहादुर तामाङ ७ सय ९६ र दिनेश भुर्तेलले ८ सय ३५ मत प्राप्त गरेका छन् । त्यस्तै गरी सह सचिव पदमा समिर व्याञ्जु श्रेष्ठ १ हजार ४ सय ५४ र रविन्द्र सिग्देल १ हजार ४ सय १९ मत प्राप्त गरी विजयी भएका छन् भने उनीहरुका प्रतिस्पर्धी रञ्जीव श्रेष्ठ ८ सय ४५ र विनोद गौतमले ७ सय ५५ मत ल्याइ हार बेहोरेका छन् । त्यस्तै गरी जिल्ला कार्यसमिति सदस्यहरुमा बद्रीप्रसाद खकुरेल, यादवप्रसाद सापकोटा, अप्सरा ढुङ्गाना (सिपखान), टुल्कु लामा, दिपेन्द्र पौडेल, कमलराज लामा, लक्ष्मी घिसिङ लामा, कृष्ण बहादुर लामा, सावित्री माझि, जगनाथ गिरी, बालकृष्ण दाहाल, सन्तोष गौतम, हरिप्रसाद दुलाल, कल्पना ढकाल, तारादेवी आचार्य, रविना पाण्डे, (विस्टा) रुपा लामा, कान्छा लामा (थर्कमान), जोगलाल लामा, डिनबहादुर लामा, बिरबहादुर बोम्जन, इन्दीरा बढाथोकी, चेतबहादुर लामा, इन्द्रमाया लामा, हिरा तामाङ, दुर्गाप्रसाद अधिकारी, सरिता लामिछाने (लामा) र कुबेर सापकोटा विजयी भएका छन् । जगत बम्जन निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै गरी नेपाल्ी कांग्रेस काभ्रेको जिल्ला सदस्यमा नै राधिका रानामगर निर्विरोध निर्वाचित भएकी छन् । चित्रबहादुर गोले, रिता लामा (रुम्बा), सनिता न्यौपाने (बजगाई), बलराम कोइराला, रामकृष्ण पोखरेल, सिता खनाल, कुवेर सापकोटा, विश्वराम खडका, अनिता थापा (कार्की), भोला प्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधीका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाई, बेदप्रसाद न्यौपाने, सन्तमान तामाङ, ज्ञानबहादुर लामा, शान्ति लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, सुजता लामा, सुन्तली लामा, हिरा कुमारी लामा, ज्ञानीमाया लामा, धनराज सुर्खेती, रामप्यारी पेटे (अवाले) र श्याम बहादुर कार्की कार्यसमितिमा निर्वाचित भएका छन् । जिल्लामा २ हजार ५ सय ४ पार्टीको प्रतिनिधि मतदाता रहेकामा २ हजार ४ सय ६८ जनाले मतदान गरेका थिए । उक्त अधिवेशनले ६२ जनालाई निर्वाचित गरेको छ ।
नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ संघिय क्षेत्रिय सभापतिमा बौद्धिक युवा नेता दिनेश लामा भारीमतले पार्टीबाट अनुमोदित भएका छन् । उनका प्रतिस्पर्धी विष्णुमाया पुलामी मगरलाई दिनेशले पराजीत गरेका थिए । यसैगरी काभ्रे २ को संघिय क्षेत्रिय सभापतिमा पाँचखाल नगरपालिका मेयर तथा युवा नेता महेश खरेलले प्रतिस्पर्धी सुन्दरमणि आचार्यलाई पराजित गरेर झनै लोकप्रिय भएका छन् ।
काभ्रे कांग्रेसका नव निवार्चीत जिल्ला सभापति, क्षेत्रिय सभापति, प्रदेश सभापति, गाउँ, नगरका सभापतिहरुले आगामी स्थानीय प्रदेश र संघीय चुनावमा जित्न कांग्रेसको पुरा ध्यान दिनुपर्ने हुन्छ । पार्टीको आन्तरिक प्रतिस्पर्धालाई तुष नमान्ने हो भने कांग्रेसको उत्थानले कम्युनिष्टलाई पराजीत गर्न सक्छ । घात, प्रतिघात र अन्तरघात कांग्रेस भित्र भइरहने हो भने कांग्रेसलाई अरुले हराउनै पर्दैन कांग्रेसले कांग्रेसलाई हराउँछ । नेपाली कांग्रेसका शुभचिन्तकहरु भन्छन् – नेपाली कांग्रेसमा जिल्ला सभापति तिर्थ लामा क्षेत्रीय सभापतिहरु दिनेश लामा र महेश खरेल तीनै जना युवा नेता छन् । तिर्थको नेतृत्वमा जिल्ला र दिनेश र महेशले क्षेत्र हाँक्दै कांग्रेसलाई जिताउन सक्छन् ।
