IMG-LOGO

सिन्धुपाल्चोकमा फेरि पहिरो

 मंगल, भदौ ३०, २०७७  हरिनाथ न्यौपाने

शनिवार राति सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ का विभिन्न ठाउँमा पहिरो जाँदा धनजनको ठूलो क्षति भएको  छ । आइतवार दिउँसोसम्म ११ वटा शव भेटिएको छ भने २० जना हराइरहेका छन्।् पहिरोले सबैभन्दा धेरै नागपुजे, डाँडागाउँ भीरखर्क र ताङ्सारमा असर पारेको छ ।
           प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्लाभर सबै स्थानमा गरेर २२२ परिवार उच्च जोखिममा परेका र तिनलाई तत्कालै स्थानान्तरण गर्नुपर्ने देखिएको बताए । २०७१ मा सिन्धुपाल्चोकको जुरे पछि  विभिन्न स्थानमा बाढी र पहिरो गएर धेरै धनजनको क्षति भएको थियो ।२०७२ बैशाख १२ र २९ मा गएको भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लामा बारम्बार पहिरोको समस्या देखिएको अधिकारीहरू बताउँछन् ।  भुकम्पले धाँजा फाटेको जमिनमा सडक निर्माणका कारण बारम्बार पहिरो गएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोताका अनुशार पहिरोमा परेर मृत्यु हुनेहरुमा ६८ वर्षीय भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, २४ वर्षीय सुकुलाल विक, ६० वर्षीय धनलाल नेवार, २४ वर्षीय  विक, ८ वर्षीय सन्देश विक, ४२ वर्षीय ज्ञानीमाया प्रधान, ६० वर्षीय सार्कीनी नेवार, ६० वर्षीय हरीमाया श्रेष्ठ, २५ वर्षीय करणबहादुर श्रेष्ठ र ५ वर्षीय सरस्वती विक छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्