IMG-LOGO

बिन्धवासिनी साकोस सम्मानित

 मंगल, मंसिर ७, २०७८  -

 

       राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौती–१० खोपासीलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३४ औँ स्थापना दिवसको अवसरमा मंसिर ३ गते प्रंशसा सहित पुरस्कार विद्यामा छनौट भइ सम्मानित भएको हो । कोरोना भाइरस (कोभिड–१९) प्रकोपको महामारीको अवधिभरमा आफ्ना शेयर सदस्यहरुलाई तथा जन समुदायलाई समेत अक्सिजन निःशुल्क वितरण, सदस्यहरुलाई व्याज छुट, सामाजिक उत्तरदायित्व बहन गरेकोमा नेफ्स्कूनको ३० औँ वार्षिक साधारण सभामा प्रशंसा पत्र सहित संस्थाका अध्यष (प्रदिप) थापालाई प्रमाणपत्र प्रदान गरेको हो । संस्थाका समिति, उपसमितिका पदाधिकारी, कर्मचारी वर्ग सबैको मेहनतको फल प्राप्त भएकोमा संस्थाले हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेको छ । संस्थाका प्रमुख व्यवस्थापक केवि लामाले बिन्धवासिनी साकोसले संस्थामा आवद्ध शेयर सदस्य जन्मको शुभारम्भ देखि जीवनको अन्त्य सम्ममा पनि सदस्य हितको कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । सदस्यहरुको जीवनस्तरमा आर्थिक सूचाङ्क बृद्धि भएको समेत प्रमुख व्यवस्थापक लामाले उल्लेख गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्