IMG-LOGO

मकर मेला मुल व्यवस्थापन समिति गठन

 मंगल, मंसिर ७, २०७८  -

 

       धार्मिक सांस्कृतिक १२ वर्षे मकर मेला सम्पन्न गर्नका लागि २ सय ५१ सदस्य सम्मिलित मुल व्यवस्थापन समिति गठन गरेको छ । मकर मेला लाग्न अब ५३ दिन बाँकी छ । हरेक १२ वर्षको फरकमा लाग्ने मकर मेला माघ महिना देखि शुरु हुन्छ । पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको संयोजकत्वमा २ सय ५१ सदस्य मुल समिति गठन भएको छ । १७ वटा विभिन्न विषयगत समिति गठन गरेको छ । पूजाआजा, प्रदर्शनी, यातायात, सरसफाई, संस्कृति प्रचार प्रसार, सजावट, सूचना तथा खोज उद्धार, अतिथि सत्कार, स्वास्थ्य स्वयम सेवक परिचालन, मुल्य निर्धारण तथा बजार अनुगमन, आवस व्यवस्थापन, स्नान व्यवस्थापन, सडक बत्ती, खानेपानी व्यवस्थापन समिति गठन गरेको नगरपालिकाले जनाएको छ ।

       विषयगत क्षेत्रगत आधारमा संघ संस्थाहरुलार्य समेतलाई समावेस गरिने कुरा नगर प्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै गरी विशिष्ट आमन्त्रीत सल्लाहकार समिति गठन गरेको छ । पूर्व सूचना सञ्चार तथा प्राविधिमन्त्री एवं सांसद गोकुल प्रसाद बाँस्कोटा, संविधान सभासदस्य रामहरी सुवेदी, सांसद गंगाबहादुर दोङ, पूर्व बागमती प्रदेश मन्त्री चन्द्र लामा, पूर्वराज्यमन्त्री रेशम लामा, प्रदेश सांसद बसुन्धरा हुमागाइ, पूर्व सांसद शिव प्रसाद हुमागाइ, कमला थापा, शिववहादुर  देउजा लगायत रहनु भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्