IMG-LOGO

उग्रचण्डी नाला समाजको चौथो सभा

 मंगल, मंसिर ७, २०७८  -

“उग्रचण्डी नाला समाजको आधार – भाईचारा, सहयोग र सदभाव” भन्ने नारालाई आत्मसाथ गर्दै २०७३ साल काठमाण्डौमा स्थापना भएको उग्रचण्डी नाला समाजको चौथों वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशन शनिबार क्राउन ब्यान्क्वेट, मिन भवनमा समाजका अध्यक्ष चन्द्र लाल श्रेष्ठको अध्यक्षता,  भूमि ब्यवस्था, सहकारी तथा गÞरीबी निवारण मन्त्री शसी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । भू. पु डेपुटी गभर्नर शिवराज श्रेष्ठको आतिथ्यता र बनेपा नगर पालिका वडा नं. ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा नालामा जन्मेर हाल कालिमाटी निवासी समाजसेवी महारुद्र श्रेष्ठलाई सम्मान गरिएको थियो । उग्रचण्डी नालामा जन्मेर कर्मका शिलसिलामा बिभिन्न स्थानमा रहेका नालामीहरुद्वारा जन्म भुमिमा निस्वार्थ रुपमा केहि योगदान गर्ने उद्देश्यले स्थापना भएको यो संस्थाको दोस्रो अधिवेशनवाट सर्वसम्मत निर्वाचित चन्द्र लाल श्रेष्ठ (अध्यक्ष), लक्ष्मी प्रसाद (रोशन) श्रेष्ठ (उपाध्यक्ष), राम चन्द्र कर्माचार्य (सचिव), इन्दु प्रधान (कोषाध्यक्ष), भारती श्रेष्ठ (सह–सचिव), सदस्यहरु– मिना श्रेष्ठ, सिद्धि बहादुर श्रेष्ठ, संगिता मानान्धर, किशोर श्रेष्ठ, कृष्ण भक्त श्रेष्ठ, शिव नारायण अनामनि श्रेष्ठ धन्यवाद ज्ञापन शिवनारायण अनामणी श्रेष्ठले गर्नु भएको कार्यक्रमको सञ्चालन रामचन्द्र कर्माचार्यले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्