IMG-LOGO

मानव अधिकारको अवस्था बारे छलफल

 मंगल, मंसिर ७, २०७८  -

“सबैको लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार” भन्ने नारा राष्ट्रिय मानव अधिकार आयोगले लिइए पनि आम नागरिकहरुले भने मानव अधिकारको प्रत्याभूत गर्न पाएका छैनन् । आइतबार धुलिखेलमा काभ्रे इन्सेक, काभ्रे बार एसोसिएसन, सामाजिक संघ संस्थाका सञ्चारकर्मी बीच मानव अधिकार आयोगले अन्तरक्रिया कार्यक्रम गरेको थियो । इन्सेक काभ्रेका पूर्व प्रतिनिधि नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिनाले जिल्लामा घरेलु हिंसा, हत्या तथा बलत्कारका घटनाहरु तिव्ररुपमा बढेको र स्थानीय पालिकाहरुको न्यायिक समितिबाट भएको न्याय सम्पादन प्रभावकारी नभएको गुनासाहरु धेरै आएको बताउनुभयो । काभ्रे बार  एशोसिएसनका सचिव मधुसुधन वाग्लेले मानव अधिकार राज्यको अंग हुनु पर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । गैसस महासंघ काभ्रेका अध्यक्ष टोमप्रसाद सापकोटा, बार इकाई काभ्रेका उपाध्यक्ष विजय भक्त श्रेष्ठ, इन्सेक काभ्रे प्रतिनिधि हिरामान लामाले बोल्नु भएको थियो ।

       नेपाल पत्रकार काभ्रेका निवर्तमान उपाध्यक्ष रमेशप्रसाद न्यौपानेले काभ्रे जिल्लाको समग्र मानव अधिकारको अवस्था निक्कै दयनीय रहेको बताउँदै उदाहरणको लागि जिल्ला कारागार काभ्रेका बन्दी कैदीहरुको जीवन कष्टकर रहेको उल्लेख गर्नुभयो । ७५ जना क्षमता भएको कारागारमा २ सय ३० जना राखिएको सौचालय जम्मा ८ वटा मात्र हुँदा सौच गर्न आधा घण्टा सम्म पर्खनु पर्ने अवस्था रहेकाले मानव अधिकार आयोगले सम्बन्धित निकाय सम्म ध्यान आकृष्ट गर्नुका साथै अनुगमनको दायरा फराकीलो पार्नु पर्ने तर्क महासंघ निवर्तमान उपाध्यक्ष न्यौपानेले गर्नुभयो । गैसस महासंघ काभ्रेका कोषाध्यक्ष एवं मानव अधिकारकर्मी गंगा दोङ्गले हत्या हिंसाको घटना डर लाग्दो ढङ्गबाट बढेको स्थानीय सरकारका अधिकांस जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण भए पनि पिडितहरुलाई थप पिडा दिने काम भएको उल्लेख गर्नुभयो । कार्यत्रा अतिथिको रुपमा राष्ट्रिय मानव अधिकmममार आयोग सन्धि अनुगमन महाशाखाका खिमानन्द बस्याल हुनु हुन्थ्यो । आयोजकले ढिला खबर गरेकाले जिल्लाका सञ्चारकर्मीहरु भने नगण्य रुपमा मात्र उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्