IMG-LOGO

रामदेव तथा आचार्य बालकृष्णबाट योग भवनको उद्घाटन

 मंगल, मंसिर ७, २०७८  -

 

       विश्वविख्यात योग ऋषि रामदेव महाराज तथा आयुवेर्द शिरोमणी बालकृष्ण आचार्यबाट शनिबार बनेपा नगरपालिका स्थित वडा नं. ५ मा निर्मित योग भवनको एक भव्य समारोह विच समुद्घाटन गरियो । स्वामी रामदेव उद्घाटन स्थलमा आईपुग्नुहुदा पञ्चकन्या, योग साधक अनुरागीहरु, स्थानिय गन्य मान्य, र उच्च पदस्थ महानुभावहरुले बाजा–गाजा सहित हाद्र्धिक स्वागत गरेका थिए । रु १,५६,००,०००।–(अक्षरुपी एक करोड छपन्न लाख मात्र) मा निर्माण भएको उक्त भवन जग्गा सहित सम्पूर्ण रकम दाताहरुबाट संकलन भएको थियो । उक्त भवनको लागि रु ४८।–(अठ्चालिस मात्र) देखि दशौ लाख सम्म स्वःस्फुर्त रुपमा दाताहरुले दान गरेका थिए । जस मध्ये जग्गा दान गर्नेहरुमा योग साधक स्वः चक्रमान बैदार, राम प्रसाद बैदार, राम बैदार, तुलसी दास बैदार, घडानन्द बैदार, गणेश लाल रञ्जित र बनेपा नगरपालिकाबाट समेत जग्गा प्राप्त गरी उक्त भवन निमार्ण गरिएको हो ।

       साथै सो भवनको लागि बनेपा नगरपालिकाबाट १३,०८,८३८।–(अक्षरुपी तेह्र लाख आठ हजार आठ सय अठ्तिस मात्र) , ओम बचत(योग साधकहरुको समूह) बाट १३,००,०००।–(अक्षरुपी तेह्र लाख मात्र), ग्रोवेन तौजलेबाट रु १०,००,००१।–(अक्षरुपी दश लाख एक मात्र), अरनिको योग केन्द्रबाट १०,४०,०३०।–(अक्षरुपी दश लाख चालिस हजार तिस मात्र), गणेश दास उलकबाट ४,४९,१७६।–(अक्षरुपी चार लाख उनन्चास हजार एक सय छयत्तर मात्र), सरिता शाक्यबाट ३,६०,०००।–(अक्षरुपी तिन लाख साठ्ठी हजार मात्र), उद्धव तिमल्सिनाबाट ३,०१,१११।–(अक्षरुपी तिन लाख एक हजार एक सय एघार मात्र), दमन कुमार श्रेष्ठबाट २,३२,१११।–(दुई लाख बत्तिस हजार एक सय एघार मात्र), पूर्ण देवी कायष्ठबाट २,१०,०००।–(अक्षरुपी दुई लाख दश हजार मात्र), सुरकृष्ण बैद्यबाट २,०६,००५।–(अक्षरुपी दुई लाख छ हजार पाच मात्र), शम्भु दाहालबाट २,०१,०००।–(अक्षरुपी दुई लाख एक हजार मात्र), अमृतलाल पलाञ्चोकेबाट १,१०,२००।–(अक्षरुपी एक लाख दश हजार दुई सय मात्र), अशोक भडेलबाट १,०००००।–(अक्षरुपी एक लाख मात्र), भक्तिदेवी श्रेष्ठबाट १,४५,५११।–(अक्षरुपी एक लाख पैतालिस हजार पाच सय एघार मात्र), बैजेन्ती तौजलेबाट १,००,०००।–(अक्षरुपी एक लाख मात्र), स्व. बद्रि रत्न शाक्यबाट १२०,०००।–(अक्षरुपी एक लाख विस हजार मात्र), बनेपा क्षेत्र विकास कोष(कञ्चन चन्द्र बादे)बाट ११०,१६७।–(अक्षरुपी एक लाख दश हजार एक सय सत्सठ्ठी मात्र), हरीशरण श्रेष्ठबाट १,५५,५५५।–(अक्षरुपी एक लाख पचपन्न हजार पाच सय पचपन्न मात्र), हिटलर शाक्यबाट १,२९,०००।–(अक्षरुपी एक लाख उनन्तिस हजार मात्र), हिमानी शाहबाट १,००,०००।–(अक्षरुपी एक लाख मात्र), जिल्ला विकास समिति काभ्रेबाट १७०,०००।–(अक्षरुपी एक लाख सत्तरी हजार मात्र), कान्छा कुमार श्रेष्ठबाट १,२०,१२१।–(एक लाख विस हजार एक सय एक्काईस मात्र), प्रकाशमान शाक्य बाट १,१५,७२०।–(अक्षरुपी एक लाख पन्ध्र हजार सात सय विस मात्र), मोहन बैद्यबाट १,२१,११२।–(अक्षरुपी एक लाख एक्काई हजार एक सय बाह्र मात्र) पंतजली अयुवेर्द प्रा.लि.बाट १५०,०००।–(अक्षरुपी एक लाख पचास हजार मात्र), रामगोपाल कायष्ठबाट १,००,०००।–(अक्षरुपी एक लाख मात्र), डा. सुरेन्द्र बहादुर बादेबाट १,३२,२३३।–(अक्षरुपी एक लाख बत्तिस हजार दुई सय तेत्तिस मात्र), श्यामकुमार श्रेष्ठबाट १,२१,१११।–(अक्षरुपी एक लाख एक्काईस हजार एक सय एघार मात्र) र सूर्य रत्न शाक्यबाट रु १,००,०००।–(अक्षरुपी एक लाख मात्र) सहयोग प्राप्त  हुनुको साथै र अन्य दाताहरुबाट सहयोग संकलित गरी उक्त योग भवन निमार्ण गरिएको थियो ।

       उक्त समारोहमा योग ऋषि स्वामी महाराजले मानव जीवनमा योग साधनाले मात्र स्वस्थ जीवन जिउन सहज हुने हुनाले प्रत्येक नागरिकले योग अभ्यास गर्नुपर्ने र यसले नै समाज र राष्ट्रमानै सकारात्मक सन्देश दिन सकिने र स्वस्थ समाजको निर्माण हुने कुरा बताउनुभयो । सो को लागि नेपाल राष्ट्र तपभूमि, योग भूमि रहेको र यही राष्ट्रमानै योग ऋषिहरुको जन्म भएको बताउनुभयो । उक्त अवसरमा आयुवेर्द शिरोमणि बालकृष्ण आचार्यले यस योग भवनमा आफू पटक–पटक आएको र २०७२ सालको भूकम्पमा पनि यहाँका योग साधकहरुले भूकम्प पिडितहरुलाई उल्लेखनिय राहत पु¥याएको बताउनुभयो ।

       उक्त भवनको उद्घाटनको अवसरमा विभिन्न अतिथिहरुले चन्दा दाताहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो उद्घाटन कार्यक्रममा पूर्व संचार मन्त्री गोकुल बास्कोटा, पूर्व राज्य मन्त्री रेशम लामा, पतंजली योग पिठ नेपालका ट्रस्ती ई. सालिग्राम सिं, पतंजली योग समिति नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्र, महिला पतंजली योग समिति नेपालका केन्द्रिय प्रभारी साध्वी देवदिति, युवा नेपाल समितिका मुख्य केन्द्रिय प्रभारी साध्वी विजयाजी, स्वामी अमृतदेव तथा केन्द्रिय पदाधिकारी र प्रदेश पदाधिकारीको उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक उद्धव के.सी., बनेपा नगरका प्रमुख लक्ष्मीनरसिं बादे, उप प्रमुख रेखा दाहाल, धुलिखेल नगरका उप प्रमुख विमला शर्मा, नेपाल यातायात व्यवसायी राष्टिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, मूल समारोह समितिका संयोजक सुर कृष्ण बैद्य, पंतजली योग समिति बाग्मती प्रदेशका संयोजक तथा उक्त भवन निर्माण समितिका अध्यक्ष ग्रोविन तौजले, पंतजली योग समिति बाग्मती प्रदेशका सल्लाहकार सरिता शाक्य, पंतजली योग समिति काभ्रेका नि.व. अध्यक्ष दमन कुमार श्रेष्ठ, अञ्जना श्रेष्ठ, ईन्दिरा तौजले, महिला पंतजली योग समितिका अध्यक्ष अनु श्रेष्ठ र पंतजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको उद्घोषण पंतजली योग समितिका उपाध्यक्ष प्रकाश कायष्ठ र श्रेया तौजलेले गर्नुभएको थियो । सो कार्यक्रममा काठमाडौँ, भक्तपूर, ललितपूर, काभ्रे लगायत अन्य जिल्लाहरुबाट समेत योग पैशिक्षक, जिल्ला पदाधिकारी योग साधक तथा अनुरागीहरुको साथै हजारौँ जनमानसहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत भाषण बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले गरेको र मुख्य अतिथिहरुलाई योग समितिका अध्यक्ष हरिशरण श्रेष्ठले मायाको चिनो प्रदान गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्