नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १० गते देखि १२ गते चितवनको सौरहामा हुने भएको छ । नेकपा एमाले काभ्रेबाट ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । १० दिन सम्मको ठूलो रस्साकसीपछि सहमति भएर प्रतिनिधि छनौट भएको थियो । ३४ जना आवश्यक संख्यामा १ सय ५ जनाले महाधिवेशन प्रतिनिधिमा जान आवेदन भरेका थिए । महाधिवेशनका लागि अशोककुमार व्याञ्जु, नारायण पाण्डे, कुमार थापा, रेशमबहादुर लामा, राजन भुर्तेल, चन्द्र लामा, कञ्चन अधिकारी, विदुर प्रसाद सापकोटा, केशव वडाल, दिलिप तामाङ, चुडामणी गौतम, रामशरण दाहाल, जेनिश लामा, प्रेम लामा, दिलिप घिसिङ, कृष्ण बहादुर खुलाल, नकुल प्रसाद पराजुली, राधाकृष्ण बास्ताकोटी, राजकुमार सापकोटा, बेदप्रसाद तिमल्सिना, श्यामसुन्दर श्रेष्ठ, रिता (गौतम) ढकाल रहेका छन् । त्यसैगरी महिला तर्फबाट गोमा भुर्तेल, निर्मला शाही, कमला काफ्ले, गिता बञ्जरा, शान्ता न्यौपाने, विमला शर्मा, सुभद्रा अधिकारी, विमला सापकोटा भक्तकुमारी लामा र समावेसीतर्फबाट तेज नेपाली, विष्णुबहादुर मिजार र गिता सुनार, नेकपा एमाले काभ्रेबाट महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।
