IMG-LOGO

राजेन्द्र खरेल सभाहल हस्तान्तरण

 मंगल, मंसिर ७, २०७८  -

       खरेल परिवारको सहयोगमा नेपाली काँग्रेस काभ्रेको पार्टी कार्यालयको तेश्रो तल्लामा निर्माण भएको राजेन्द्र खरेल सभाहल हस्तान्तरण गरिएको छ । विहिबार एक कार्यक्रमका बीच पूर्व महिला बालबालिका मन्त्री एवं नेपाली काँग्रेसका अग्रज निष्ठावान नेता रोजेन्द्र खरेलले नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यलाई हस्तान्तरण गरे । हल शिला अनावरण तथा रिबन काटेर पूर्व मन्त्री एवं नेपाली काँग्रेसका खरेलले उद्घाटन गरे । १३ सय स्क्वायर फिटमा फैलिएको सभाहल खरेल परिवारबाटै रु ३० लाख रुपैया लागतमा निर्माण गरिएको राजेन्द्र खरेलका सुपुत्र, नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । कार्यक्रममा पूर्व मन्त्री खरेलले राजनैतिक जीवनमा पार्टीलाई थोरै भएपनि योगदान गर्न पाएकोमा खुशी भएको बताए । कार्यक्रममा जिल्ला सभापति मधु अचार्यले आफ्नो कार्यकालमा भवन बनेको र त्यसमा पनि व्यक्तिगत खर्चमा खरेल परिवारले हल बनाएर पार्टीलाई हस्तान्तरण भएकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा पूर्व मन्त्री कञ्चनचन्द्र वादेले भवन निर्माणका लागि धेरै पटक जग्गा खरिद भएपनि यो कार्यसमितिले भवनलाई सार्थकता दिएको बताए । पाँचखाल नगरपालिकाका प्रमुख एवं राजेन्द्र खरेल सुपुत्र महेश खरेलले खरेल परिवार राजनीतिमा लिन भन्दा दिन आएको बताए । कार्यक्रममा काँग्रेसका नेता विष्णु हुमागाई, जिल्ला उपसभापति अच्युत पौडेल र गोविन्दबहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम जिल्ला सचिव विदुर बञ्चाराले सञ्चालन गरेका थिए भने जिल्लाका विभिन्न तह र  तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्