नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत संघीय निर्वाचन क्षेत्रको अधिवेशन सोमबार सम्पन्न भएको छ । काभ्रेको १ नम्बर क्षेत्रको निर्वाचन भकुन्डेबेसीमा भएको थियो भने २ न क्षेत्रको अधिवेशन बनेपामा भएको थियो । निर्वाचनको अन्तिम नतिजा भने भोलि बेलुका सम्म आउने नेपाली कांग्रेसले जनाएको छ । काभ्रे १ बाट दिनेश लामा र बिष्णुमाया पुलामी मगर प्रतिष्पर्धामा उत्रिएका थिए । जित भने दिनेश लामाको हुने निश्चित भएको कुरा हाम्रा स्थानिय सहकर्मीले बताएका छन् ।
काभ्रे १ बाट इन्द्रमणि अधिकारि , कमला थापा, हर्षजित लामा सलामसिहः लामा जस्ता नेताहरुलाई शिव हुमागाई पक्षले स्थान नै नदिएको महाधिवेशन प्रतिनिधिमा आउनै नदिएको गुनासो ती नेताहरुको छ । चर्चिक पत्रकार इश्वरी ओझा रोशी गाउँपालिका अध्यक्ष डिभि लामाले उम्मेदवारी नै दिएनन् भने नेपाल शिक्षक संघका पूर्व अध्यक्ष आश्विनी चौलागाईले आप्mनो उम्मेद्वारी फिर्ता लिएका थिए ।
काभ्रे क्षेत्र नं २ मा सभापतिका उम्मेदवारको चर्चा र रौनक बढी छ । चुनावमा पान्चाखालाका मेयर महेश खरेल र सुन्दरमणि आचार्यको कडा प्रतिष्पर्धा छ । काभ्रेमा वडा देखि मधु र शिव पाइनलमा निर्वाचन भएको थियो । यो आन्तरिक चुनावमा मधु पक्ष कमजोर देखिएको छ । शिव हुमागाईले तिर्थ लामालाई जिल्ला सभापति पदमा खडा गरेता पनि मधु आचार्य पक्षले अहिले सम्म सभापतिको उम्मेदवार घोषणा गरेको छैन । मधु र शिव पक्ष प्यानल खडा गरेर निर्वाचनमा होमिएपछि पार्टीको आनतरिक जिवनमा नराम्रो असर पर्ने आगामी दिनमा अनातार्घात बढी हुने सम्भावना बढेको छ । काभे दुइमा एकलौटी टिमको जित सम्भावना कम छ ।
प्रदेश क्षेत्रमा क–कस्ले जिते ?
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ (क) को सभापति पदमा रामबहादुर योञ्जन उपसभापति रण बहादुर तामाङ र चन्द्र बहादुर दोङ सचिवमा दावा फेन्चु लामा र राम शरण चौलागाई लगाएत सर्वसम्मत रुपमा चयन भएको छ । (ख) मा सभापति पदमा चन्द्र लामा निर्वाचित भएका छन् । त्यसैगरी काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ (क) को सभापति पदमा हेम लामा र (ख) को सभापति पदमा रामहरि श्रेष्ठ, उप सभापति गंग प्रसाद घिमिरे, कुमुदा बैद्ध, सचिव युगेस्वर कायस्थ, नेत्रप्रसाद ढकाल, सहसचिव मनहरी ढकाल र दिपक लामिछाने निर्वाचित भएका छन् ।
