मालपोत प्रशासनमा लामो कार्य अनुभव भएका काभ्रेका बासुदेब हुमागाई राष्ट्रिय भूमि समस्या समाधान आयोगको सदस्य पदमा नियुक्त हुनु भएको छ । बासुदेब हुमागाइलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ कार्तिक ११ गतेको निर्णयले भूमि विज्ञ सदस्यको रुपमा नियुक्ति गरेको हो ।
अब हरियो होइन खैरो नेपाली पासपोर्ट
हामीले अहिले बोक्दै आएको नेपालको पासपोर्ट हरियो रङको छ । अबको केहि दिन पछि हाम्रो देशको पासपोर्ट हरियो रङ्गको थियो भनेर इतिहास हुने छ । ‘हरियो पासपोर्ट’ भनेर कविता, कथा, लेख, गीत प्रशस्तै बनेका छन् । अब ती सामग्री डेट एक्सपायर्ड हुने बेला आउँदैछ । किनभने हालै जारी भएको नेपालको इ पासपोर्टको रङ परिवर्तन भएर खैरो भएको छ । राहदानी नियमावली २०७७ ले पासपोर्टको रङ परिवर्तन गरेको हो । विश्वमा चार रङको पासपोर्ट प्रचलनमा छ– हरियो, नीलो, कालो र रातो । हरियो रङको पासपोर्ट अधिकांश मुस्लिम देशहरुले प्रयोग गर्छन्। तर नेपालको अहिले चलिरहेको साधारण मानिसले बोक्ने पासपोर्ट पनि हरियो रङको थियो।अब जारी हुने नेपालको साधारण अर्थात् तपाईँ हामीले बोक्ने इ पासपोर्टको रङ चकलेटी खैरो हुनेछ। सर्वासाधारनका लागि मगसिर १५ गते देखि खैरो इ–पासपोर्ट पाउन सक्छन ।
