IMG-LOGO

बाबालाई टिभि खोल्न किन छुट ?

 मंगल, मंसिर ७, २०७८  -

       नेपालमा अनुमति नै नलिई प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु र नेताहरुको लर्को लगाएर भारतीय योगगुरु रामदेवले दुई वटा टेलिभिजनको उद्घाटन गरेको बारे चर्चा सेलाएको छैन । प्रधानमन्त्रीले नै गैरकानुनी टेलिभिजनको उद्घाटन गर्ने हो त भनेर प्रश्न पनि हाम्रा मिडियाहरुले उठाइएका छन् । इजाजत गोली मारो – प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई नै उभ्याएर रामदेवले उद्घाटन गर्न लगाइसके अब इजाजत र कानुनको कुरा के गर्नु ?

       प्रधानमन्त्रीलाई कार्यक्रममा लैजाने स्वकीय सचिवलाई यति कुरा थाह थिएन ? रामदेवको टिभीले इजाजत लिए नलिएको जाच्ने संयन्त्र नेपालमा छैन ? यो हाम्रो राष्ट्रिय स्वाभिमानको खिल्ली उडाईएको हो । मिडियामा बैदेशिक लगानी निषेध गरिएको भनिन्छ तर किन भारतीय टेलिभिजन खोल्न दिईयो ?

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्