डा. इवामुरा अस्पतालको क्षमता अभिवृद्धि कार्यक्रम भक्तपुर डा. इवामुरा मेमोरियल अस्पतालले बुधबार आफ्ना कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि कार्यक्रमको ९ज्ञकत ऋबउबअष्तथ द्यगष्मिष्लन एचयनचबm० आयोजना ग¥यो । अस्पतालको आफ्नै सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालका निर्देशक प्रा. डा. उत्तम कृष्ण कर्माचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा उहाँले अस्पतालको क्षमता अभिवृद्धिमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने जिकिर गर्नुहुंदै कर्मचारीहरु निरन्तर रुपमा प्रोत्साहित हुनु पर्नेमा जोड दिनुभयो ।
अस्पतालका प्रवन्ध निर्देशक राजु मृगेन्द्र जोशीले अस्पताल व्यवस्थापन र कर्मचारीहरु एउटै परिवार भएर काम गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले अस्पतालमा आउने विरामीहरुको सेवा सुविधालाई अझ गुणस्तरीय बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यले कार्यशैलीमा परिवर्तन आउने उहाँको तर्क थियो ।
इवामुरा कलेज अफ हेल्थ साइन्सका नर्सिङ डाइरेक्टर सानुमाया खडकाले अनुशासनका विषयमा बोल्नु भएको थियो । अस्पतालका जनरल फिजिसियन डाक्टर महेश चौहानले विरामी व्यवस्थापनका विषयमा प्रष्ट पार्नु भएको थियो । यसैगरी अस्पतालका प्रशासन प्रमुख मनिता बज्राचार्यले तनाव व्यवस्थापन र अस्पतालकै मेट्रोन सुरेसा धमलाले सञ्चार व्यवस्थापनका विषयमा कक्षा सञ्चालन गर्नु भएको थियो । अस्पतालका कर्मचारीद्वय रंजना गोसाई र रचना दुंगनालाई विदाई तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा अस्पतालका सम्पूर्ण विभागका इन्चार्ज तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
