IMG-LOGO

दिगो विकास गर्न सहियोजना छनौट गरौँ योजना आयोग सदस्य ः प्रधान

 मंगल, कार्तिक ३०, २०७८  -

       धुलिखल, शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलको २३ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगको सदस्य सलोनी (प्रधान) सिंहले भन्नु भयो । विकास निर्माणका योजना छनौट गर्दा सहि ठाउँको सहि योजनाको छनौट गर्न सके मात्र दिगो विकास सम्भव हुने बताउनुभयो । गैरसरकारी संस्था, व्यक्ति आमनागरिक सबैको अनुशासन सहितको सहयोगे मात्र विकास निर्माणले तिव्र गति लिइ देशको समग्र विकास हुने तर्क राष्ट्रिय योजना आयोगको सदस्य प्रधानले गर्नुभयो । काभ्रेको भिङखोरी, डाडाँपारी क्षेत्र भ्रमण गर्दा देशको कर्णाली  भन्दा पनि अझ विकट भएको उल्लेख गर्दै अहिले विकास निर्माणले गति लिएकोमा खुसि व्यक्त गर्नुभयो ।

       शान्ति जनआदर्श सेवा केन्द्र सामुदायिक विकासको नमुना संस्थाको रुपमा आफूले पाएको यसको अनुसरण अन्य जिल्लाका गौरसरकारी संस्थाले गर्दै गए र स्थानीय सरकारले पनि विकासको साझेदारी गरी अघि बढ्न राष्ट्रिय योजना आयोगको सदस्य सलोनी  प्रधान सिंहले निर्देशन दिनुभयो । संस्थाले महिला वर्गको आर्थिक सशक्तिकरण, बालबालिकाहरुको नेतृत्व विकास, ग्रामीण बस्तीमा सफा पिउने पानी, भुकम्प पछिको पुन निर्माणमा बस्ती विकासमा समेत योगदान पु¥याएकोमा धन्यवाद दिदै प्रमुख अतिथि प्रधानले प्रदेश र स्थानीय पालिकाहरुले आफ्नो क्षेत्र विकासको लागि नमुना योजना छनौट गरी सर्सत र  विशेष अनुदान योजना बैँकमा योजना छनौट गरी पठाउन सकिने सोहि अनुरुप राष्ट्रिय योजना आयोगले सम्बोधन गर्ने कुरा आयोग सदस्य प्रधानले बताउनुभयो । संस्थाका उपाध्यक्ष इश्वरी ओझाले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा निमित्त कार्यकारी निर्देशक शान्ती लक्ष्मी श्रेष्ठले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष शान्ति लामा वाईवाले लेखा परीक्षण प्रस्तुत गर्नुभयो । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डीबी लामा, ग्रामीण खानेपानी कोष फण्ड बोर्डका कार्यकारी अध्यक्ष सञ्जय कुमार मिश्र, केयर नेपालका अध्यक्ष मानवहादुर विक, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, गैरसरकारी महासंघ काभ्रेका अध्यक्ष टामप्रसाद सापकोटा फ्याफुल्ला खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामा र दिदी बहीनी समूहको कार्यकारी निर्देशक संगीता कर्माचार्य लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

       ग्रामीण खानेपानी तथा सरसफाई कोष, सामुदायीक खानेपानी तथा सरसफाई आयाजना, गरिवी निवारण कोष, कारितास नेपाल, डिकेएच जर्मनी तथा द लुथरन वल्र्ड फेडेरेशन, डेनमार्क दुतावास, केयर नेपाल, विश्व शिक्षा, ग्लोबर फेयरनेश, ईनिसिएटिभ अमेरिका, सि.आर.एस. नेपाल युएस एड सेभद चिल्ड्रेन, युएन डीपी र अन्य संघ संस्थाको सहयोगमा १ सय ५५ भन्दा बढि खानेपानी आयोजनाहरु निर्माण सम्पन्न गरेको जनाएको छ । करीब ६० हजार जनसंख्यालाई सफा पिउने पानी उपलब्ध, ५० हजार हाराहारीमा सरसफाई सम्बन्धीत परीयोजनाहरुबाट लाभान्वित  भएका छन् । २ दर्जन जति विभिन्न विकास साझेदारहरुको आर्थिक साझेदारीमा ६० भन्दा बेसी परीयोजनाहरु सम्पन्न गरी सामाजिक अभियान जुटेको कुरा संस्थाका अध्यक्ष शंखबुद्ध लामाले जानकारी दिनुभयो ।

       कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, बर्तमान सचिव कपिल कोइराला संस्थाका सदस्य एवं विभिन्न  सामाजिक संघ संस्थाको सहभागिता रहेको थियो । संस्थालाई सहयोग पु¥याउने एविसी खाद्य स्टोर र सि एण्ड डी कन्ट्रक्सन र  माता चण्डेश्वरी हार्डवेयरलाई सम्मान सहित  प्रशंसा पत्र प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र प्रसाद अधिकारीले गर्नुभयो । उक्त अधिवेशनले पुनः शंखवुद्ध लामाको नेतृत्वमा कार्य समिति सर्बसम्मत चयन गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्