काभ्रे, २७ कार्तिक । १०४ औँ महान अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा शनिबार बनेपामा विचार गोष्ठी सम्पन्न गरेका छ ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले माक्र्सवादी–लेनिनवादी भन्नेहरुले माक्र्सवाद र लेनिनवादको पक्षमा बोल्नुपर्ने आवश्यकता औँल्याउँदै अक्टोबर क्रान्तिको उपलब्धिबारे जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अक्टोबर समाजवादी क्रान्तिको महङ्खव स्वीकार नगर्ने, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको विरोध नगर्ने, देशघाती एमसीसी सम्झौताको समर्थन गर्ने र नेपाल–भारतबीचको असमान सन्धिको विरोध नगर्नेहरु कम्युनिस्ट हुन नसकेको धारणा राख्नुभयो ।’’
नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले सोभियत कम्युनिस्ट पार्टीभित्रका संशोधनवादी, नक्कली कम्युनिस्ट नेताहरुले क्रान्तिकारी नेताहरु विरुद्ध निरन्तर हत्या, हिंसा र षड्यन्त्र गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका सल्लाहकार डा. हरिप्रसाद मानन्धर, लक्ष्मीराम न्हुछेप्रधान, मुना तामाङ, पुण्यशोभा श्रेष्ठ, विनोद बजगाई, भोला खरेल, राजु तामाङ लगायतले महान अक्टोबर समाजवादी क्रान्तिको उपादेयताबारे प्रकाश पार्नुभएको थियो ।
