कार्तिक २७ गते शनिबार पनौती–०५, चौकोट मा स्थीत लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र बनेपा हेल्थ केयर, सुप्रीम डेन्टल क्लिनिक तथा रोटरी क्लब अफ काभ्रे भ्यालीको प्राबिधिक सहयोगमा पाठेघर एवं स्त्रीरोग र दन्त शिविर संचालन गरिएको थियो । शिविरमा १४४ जनाको सहभागी रहेको थियो जस मध्ये ५८ जनाले दाँत सम्बन्धि विभिन्न समस्याको जाँच गर्नु भएको थियो भने ४४ जना महिलाले स्त्रीराग तथा पाठेघर सम्बन्धि जाँच गराउनु भएको थियो । आगामी दिनहरुमा पनी सुप्रीम डेन्टल केयरले विभिन्न सहयोगी संघ संस्थावसँग समन्वयगरी स्वास्थ्य शिवीर सञ्चालन गर्ने जनाएको छ ।
