IMG-LOGO

झुण्डीएर आत्महत्या

 मंगल, कार्तिक ३०, २०७८  -

       बनेपा–४ नाला डुडाँमुख स्थित  कोठा भाडामा बस्ने २२ वर्षिय सरिता दोङले सलको पासो लगाई आफु बस्ने कोठाको दलिनमा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी इन्स्पेक्टर राजन कोइरालाले जानकारी दिनुभयो । विगत २ वर्ष देखि डाडापारी क्षेत्र गोकुलेबाट नालामा बस्दै आएको स्थानीयले बताए । सरिताका १८ महिनाको एक छोरा र २ महिनाको छोरी छ । ज्यला मजदुरी गरी जीवन गुजारा गर्दै आएका उनका श्रीमान पनि मजदुरी गरी जीवन निर्वाह गर्दै आएको प्रहरीले जनाएको छ ।

       मृतकका लासलाई प्रहरीको टोलीले नै ४ हजार रकम संकलन गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगीएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्