IMG-LOGO

तामाङ पत्रकारको अध्यक्षमा अञ्जली

 मंगल, कार्तिक ३०, २०७८  -

काभ्रे जिल्लामा तामाङ समुदाय बसोबास गर्नेअग्रणी जिल्लामा चिनिन्छ । बिगतको तुलनामा सबै क्षेत्रमा तामाङ जातिको जवर्जस्ती हस्तक्षेप  बढेको छ । सुचना सम्वाहकमा तामाङ पत्रकारहरु अगाडि देख्न थालेका छन् ।  तामाङ समुदाय मात्र रहने पत्रकारहरुको साझा संस्था तामाङ पत्रकार संघ, काभ्रेको चौथो जिल्ला अधिवेशन गत मंगलबार सम्पन्न भएको छ ।  अधिवेशनले अञ्जली तामाङको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा चित्र तामाङ, सचिवमा कृष्ण घिसिङ, सह–सचिवमा लोकबहादुर लामा, कोषाध्यक्षमा सुनिता लुङ्बा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा जीवन तामाङ, विजय जिम्बा, कृतिका घ्लान, अशोक बुद्ध लामा, सृजना तामाङ, लालध्वज तामाङ रहेका छन ।

       अधिवेशनले बागमती प्रदेश अधिवेशनको लागि प्रतिनिधिहरु समेत चयन गरेको छ । प्रदेश अधिवेशन प्रतिनिधिहरुमा जगतमान तामाङ, हिरामान बल, कृष्णबहादुर घिसिङ, शर्मिला थिङ, सुनिता लुङ्बा, मोतिलाल मोक्तान र चित्र तामाङ रहेका छन । यसैबीच अधिवेशनले राष्ट्रिय महाधिवेशनको लागि समेत प्रतिनिधिहरु चयन गरेको छ । महाधिवेशन प्रतिनिधिहरुमा अञ्जली तामाङ, लोकबहादुर लामा, कृतिका घ्लान, इकमान लामा, हिरामान लामा, डिलबहादुर थोकर, रोजन तामाङ र महेन्द्र थिङ रहेका छन् । अधिवेशन संघका केन्द्रिय महासचिव बुद्ध योञ्जनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्लाका क्रियासिल पत्रकारको उल्लेखनीय सहभागिता थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्