बनेपा, ग्लोवल आइएमई बैँक बागमती प्रदेशले वित्तीय साक्षरता डिजिटल बैँकिङ्ग अन्तरक्रिया कार्यक्रम शनिवार पचकन्या बैन्क्वेट बनेपामा सम्पन्न गरेको छ । २०६३ साल पुषमा स्थापना भएको ग्लोबल आइएमई बैँकको ७३ जिल्लामा शाखा सञ्चालन रहेको छ । निकट भविष्यमा नै डोल्पा जिल्लामा पनि शाखा विस्तार गरी जनतालाई गुणस्तरीय बैँकिङ्ग सेवा प्रदान गर्ने योजना रहेको कुरा बनेपा शाखा प्रवन्धक एकराज बर्तौलाले जानकारी दिनुभयो । आम नागरिहरुले कम भन्दा कम मात्र नगद कारोवार गरुन, समयको बचत, बैँकिङ्ग सेवा सहज रुपले पाउन भन्ने उद्देश्यले वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सेवा प्रभावकारी बनाउन सामाजिक अभियानको राष्ट्रिय अभियानको रुपमा पहिलो थालनी काभ्रेबाट शुरु गरिएको प्रमुख डिजिटल बैँकिङ्ग मन्दीराज जोशीले बताउनुभयो ।
वित्तीय पहुँच सहज र सरल सेवा पु¥याउन बैँकले डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, इ कम कार्ड, मिसकल बैँकिङ्ग, क्युआर कोड पेमेन्ट, इन्टरनेट बैँकिङ्ग र मोवाइल बौँकिङ्ग सेवा सेवाग्राहिलाई दिँदै आएको बैँकले जनाएको छ । बनेपा र पनौती शाखाले संयोजन गरेको वित्तीय साक्षारता तथा डिजिटल बैँकिङ्ग कार्यक्रममा बैँकका सेवा ग्राहीहरुलाई सहभागी गराई प्रशिक्षण दिइएको थियो । बैँकका प्रमुख ट्रान्जेक्सन बैँकिङ्ग प्रमुख प्रकाश पौडेल, प्रमुख मार्केटीङ अफिसर शान्ता शिवाकोटी, बागमती प्रदेशका प्रमुख ध्वज साउद लगायतले प्रशिक्षण दिनु भएको थियो । २१ अर्ब ६३ करोड चुक्ता शेयर पूँजी भएको ग्लोबल आइएमई बैँकको २७ लाख ग्राहक संख्या र २ सय ८३ बैँकका शाखाबाट वित्तीय सेवा प्रदान गरेको जनाएको छ । हालै मात्र ए ग्रेडको स्तर उन्नती भएको यस बैँकले ३ हजार कर्मचारीहरुबाट ग्राहकहरुलाई वित्तीय सेवा दिदै आएको छ ।
