IMG-LOGO

एसओएस बालग्राम काभ्रेको सम्मान कार्यक्रम

 मंगल, कार्तिक ३०, २०७८  -

       संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले बालबालिकाहरूका लागि आवश्यक पर्ने ऐन, नियम, कानुन बनाउन आफुले भूमिका खेल्ने बताउनुभएको छ । शुक्रबार काभ्रेमा रहेको एसओएस बालग्रामको प्राङ्गणमा आयोजित सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले मेहेनत, इमानदारिताका साथ अध्ययन गरेमा सफल हुन सक्ने भन्दै विद्यार्थीहरुलाई  एसओएस काभ्रेले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा सन् २०२० मा एसओएस बालग्राम काभ्रेलाई उल्लेख्य योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि  सापकोटाले पत्रकार मोतीराम तिमल्सिना, श्रीधर न्यौपाने, सुरज आचार्य,  तृप्ति शाही,सुजना ढकाल, सुजाता कार्की,  नेपाली सेनाका सेनानी प्रविन थापा, उत्कृष्ट वर्ष शिक्षक मुक्तिनारायण काफ्ले, उत्कृष्ट वर्ष परिवार एसओएस बालग्रामकी आमा पार्वती गुरुङ, उत्कृष्ट कर्मचारी कमल भगत थारु, इन्द्र थापा, उत्कृष्ट युवा सत्यनारायण महर्जन र उत्कृष्ट छोरी बन्धुमाया राईलाई सम्मान गर्नु भएको थियो ।

       एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र अमगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ काभ्रेका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनाले एसओएस बालग्रामले समुदायमा पु¥याएको योगदानको चर्चा गर्दै सरकारका तीनै निकायले समन्वय र सहकार्य गर्न जरुरी रहेको धारणा राख्नुभयो । कान्तिपुर दैनिककी बैतडी संवाददाता तृप्ति शाही, विद्यार्थी सत्यनारायण महर्जनले एसओएस बालग्रामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । एसओएस बालग्रामका प्राचार्य नरेश्वर आचार्यले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा पनौती नगरपालिका प्रमुख भीम न्यौपाने,जनप्रतिनिधिहरु, एसोएस बालग्रामका विभिन्न पदमा रहनुभएका व्यक्तिहरु, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन विनोदमणि भट्टराईले गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्स्निा अतिथिको औपचारिक निमन्त्रणा गरेको भएपनि आशन ग्रहण नगराएपछि उहाँसहित अरु सञ्चारकर्मी समेत बाहिरिएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्