पनौती नगरपालिका वडा नं २ बोलखेगाउँमा गत बुधबार करेन्ट लागेर घिमिरे गाउँका २१ वर्षीय लेखनाथ (शुसिल) घिमिरेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । मृत्यु हुने सुशिल घिमिरे पनौती–३ का हुन् । मृतक घिमिरे स्थानीय ठेकेदार सँगको सम्झौता अनुसार बोलखे गाउँमा रहेको हाइटेन्सनको ट्रान्सफरको बत्ती बनाउँन गाएका थिए । प्रहरी कार्यालयका अनुसार भिमिरे बत्ती बनाउने क्रममा बन्द गरिएको लाइन तुरुन्त आउँदा उनको घटना स्थलमै मृत्यु भएको थियो ।
घटना घटेको ५ दिनमा मात्र परिवारले लास बुझेका छन् । ४ दिन सम्म पनि प्रहरीले जाहेरी लिन नमाने पछि गल्ती गर्नेलाई कारवाही र पिडितलाई क्षतिपूर्ति माग गर्दै स्थानीय र परिवारले विद्युत प्राधिकारण काभ्रे घेराउ गरी विरोध प्रदर्शन गरे पछि बल्ल जाहेरी लिन मानेको थियो । आइतबार साँझ ६ बजे जिल्ला प्रशासन कार्यालय धुलिखेलमा पिडित परिवार, नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र बीच सहमती भइ सम्झौता भए पछि आइतबार लेखनाथ घिमिरेको पोसमार्टम गरी दाह संस्कार गरेको थियो । पिडकलाई सजाँए र पिडितलाई उचित क्षति पूर्ति दिने सहमती भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । श्रम ऐन अनुसार पिडितलाई ७ लाख ५० हजार, घर परिवारले इच्छाएको व्यक्तिलाई प्राधिकरणले रोजगार दिलाइदिने सहमती भएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।
