सुनका गहना लगाउनेहरुले होसियार हुन जरुरी छ । लुटेराहरुको आँखा सुन र महंगा मोबाइलमा परेको छ । दिन दिने अवला, बृद्धबृद्धा लुटिएका खबर समाचारमा आएका छन् । यस्तै घटना भयो गत शुक्रबार बनेपाबाट मयुर यातायातको बस चढेर धुलिखेल गएकी ७५ बर्षिय शारदा भण्डारीले लगाएको एक तोला दश लालको सुनको सिक्री लुटेराले शुक्रबार बिहानै ११ बजेर १५ मिनेट जाँदा लुट्यो । अहिले सम्म लुटेरालाई प्रहरीले पत्ता लगाउन सकेको छैन । प्रहरीले लुटेरालाई पत्ता लगाइसकेको भनेता पनि अहिलेसम्म सार्वजनिक गरेको छैन ।
सामान हराएर प्रहरीलाई खबर गर्नु भन्दा पनि सुनका गहना, महंगा मोबाइल , ट्याब बोकेर नहिडौ । चोरको बिगबिगी छ, पैसा नाबोकु, एटिएम कार्ड र चेक प्रयोग गरौ । सार्वजनिक साधन बस, ट्याक्सी, पठाओ प्रयोग गर्दा सजक र सतर्क बनौँ । सार्वजनिक स्थल चोक, बजार, मिनिमार्केट, सुपरमार्केट र सिनेमा हल जाँदा आफ्नो सामानको आफैले हेरचाह गरौ ।
