काभ्रे, शुभ दिपावली, नेपाल सम्वत् ११४२ एवम् छठ पर्वको पावन अवसरमा आयाम बुलेटिन प्रकाशन समूह बनेपा काभ्रेको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम शुक्रबार बनेपामा सम्पन्न भयो ।कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पत्रिकाको विचार हेरेर मुल्याङ्कन गर्छन् धनीमानीहरुले आप्mनो हित हुने भए मात्र सहयोग गर्छन्, एमसीसीको विरोध गर्ने पत्रिकालाई एमसीसीका मतियारहरुले सहयोग गर्दैनन् भन्नुभयो ।
सार्वभौमसत्ता सम्पन्न भएको भए कुनै पनि सम्झौता गर्दा किन अरुको स्वीकृति लिनुपर्ने नेपालले ? यसको अर्थ नेपाल स्वतन्त्र देश होइन भन्ने अर्थ लाग्ने प्रजापतिले बताउनुभयो । ५५ अर्व रुपैँया दिएर नेपालको कानुन आप्mनो हातमा लिन खोजेको उहाँको तर्क थियो ।शिक्षा सेवी एवम् बुद्धदर्शन, संस्कृतिका ज्ञाता हरिशंकर मानन्धरले आयाम बुलेटिनमा प्रकाशित लेख रचनाहरुबारे प्रकाश पार्नुहुँदै नयाँ सालमा वर्षभरीको हिसाव राख्ने र त्यसको खुसीयालीमा पुजा गर्ने चलन भएको हुनुपर्छ भन्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले चार दशकदेखि जनताको हितमा विभिन्न लेख रचना मार्फत जनचेतना जगाउने कार्य गरिआएको र सुरुमा हस्तलिखित ‘साहस’, ‘साकार साप्ताहिक’, ‘आयाम पाक्षिक’ हुँदै ‘आयाम बुलेटिन’ प्रकाशित भएको बताउनुभयो । पाठकहरुको राय सुझाव र सहयोगले हाल पूर्णाङ्क १२ प्रकाशित भएको जनाउनु भयो ।नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, साइकल अभियन्ता एवम् गीतकार नवराज केसी लगायतले बोल्नुभएको थियो बताउनुभयो ।
आयाम बुलेटिन प्रकाशन समूह बनेपा काभ्रेका अध्यक्ष भवानी जोशीको सभापतित्वमा भएको कार्यक्रममा राजेश मानन्धर, ओमप्रसाद मानन्धरलगायतले बोल्नुभएको थियो । हरिगोपाल प्रधान, नवराज दाहाल, सुस्मिता न्यौपाने, आकाश मानन्धर र सूर्य वाइबा, कृष्टिना मानन्धर, न्हुज प्रजापति, सुप्रिना खत्रीले साहित्य, गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
