नेपाल पत्रकार महासंघ काभ्रे शाखा र काभ्रे उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सञ्चारकर्मी र व्यवसायी बीच फुटसल तथा शुभकामना आदान प्रदान कार्यक्रम गत मंगलबार सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व महासंघ काभ्रे अध्यक्ष बद्रिराज तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश बिस्टले सञ्चार माध्यामले तथ्यमा आधारित रहेर सत्य सूचना प्रवाह गर्नुका साथै लोकतान्त्रिक गणतन्त्रको खम्बाको रुपमा उभिनु पर्ने धारणा राख्नुभयो । बेथिति र विकृतिको विरुद्धमा कलम चलाउनु नै सञ्चारकर्मीको धर्म भएको प्रमुख अतिथि विस्टले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा , प्रेस चौतारीका केन्द्रीय उपामहासचिव हिरामान लामा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षे लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन महासंघ शाखा सचिव कपिल कोइरालाले गर्नु भएको थियो ।
