IMG-LOGO

पुस्तक विमोचन तथा गिती भिडियो सार्वजनिक

 मंगल, कार्तिक २३, २०७८  -

       साहित्यकार सूर्यप्रसाद लाकोजुद्वारा लिखित पनौतीको ऐतिहासिकता झल्काउने पुस्तक तथा भोलाकाजी श्रेष्ठद्वारा रचना गरिएको ऐतिहासिक १२ वर्षे मकरमेला सम्बन्धी गीति भिडियो सार्वजनिकीकरण कार्यक्रम विहिबार सम्पन्न भयो । पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य पनौती नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले दिनुभयो ।

       नेपाली कांग्रेस पनौती नगरसमिति उपसभापति पुरुषोतम कर्माचार्य, नेकपा माओवादी पनौती नगरकमीटी अध्यक्ष होम खुलाल, राप्रपा नगरसमिति पनौतीका मिनवहादुर केसी, वडाअध्यक्ष रामचन्द्र नास्नानी, वरिष्ठ संगीतकार सुरेश अधिकारी, पूर्व नगरप्रमुख सप्तकाजी बुद्धाचार्य, पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेश सुन्दर सैँजु बरिष्ठ संगीतकार अष्ट लामा, शिक्षा सेवी तुयुकाजी ताम्राकार लगायतले मन्तव्य राख्नु भएको कुरा विकुनारायण ताम्राकारले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्