मानसागर श्रेष्ठको स्मृतिमा स्थापित मानसागर ट्रष्ट पनौतीले प्रत्येक बर्ष( बर्ष व्यक्ति) सम्मान गर्दै आएको छ । यसबर्ष ट्रष्टले इन्द्रेश्वर महादेव मन्दिर पनौतीका पुजारी शिवप्रसाद जंगमलाई नगद १० हजार सहित कदर–पत्रले कार्तिक १९ गते सम्मान गरेको छ । ट्रष्टले ’पनौतीका अभिलेख अध्ययन तथा प्रकाशन ,पुरातात्विक सम्पदा सम्रक्षण तथा पुननिर्माणमा बिशेष महत्वपुर्ण योगदान पुर्याएकोमा जंगमलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रमको प्रमुख अतिथि पनौती नगरपालिका प्रमुख भिम नेउपाने हुनुहुन्थ्यो भने कार्यक्रमको संयोजन प्रशान्त श्रेष्ठ र सभापतित्व मोहनप्यारी श्रेष्ठले गर्नु भएको थियो ।
यसैगरी नासंचा पुंच पनौतीले आफ्नो ३५ औ बार्षिकउत्शवमा प्रा डा चुन्दा बज्राचार्यबाट संकलन र सम्पादन गरिएको भूपतिन्द्र मल्ल पनातिया ख्वाहो क्वाठया घरोत नेवारी पुस्तक लोकार्पण कार्यक्रम कार्तिक १९ गते सम्पन्न भएको छ । लोकार्पण कार्यक्रमको सभापतित्व नासंचा पुंच पनौतीका अध्यक्ष राजाराम कर्माचार्यले गर्नु भएको थियो ।
