IMG-LOGO

आँखा अस्पताललाई अत्याधुनिक उपकरण

 मंगल, कार्तिक २३, २०७८  -

       लायन्स कल्ब  इन्टरनेशनल डिस्ट्रिक ३२५ ब्द्द ले एइको मासुनागा आँखा अस्पताल बनेपालाई मधुमेय रोगबाट आँखामा लाग्ने रोगको उपचारका लागि प्रयोग हुने प्रयोगशालाका लागि आवश्यक अत्याधुनिक उपकरण हस्तान्तरण कार्यक्रम अस्पतालको बिरामी प्रतिक्षालय कक्षमा गत मंगलबार सम्पन्न भयो । अब देखि बनेपा स्थित एइको मासुनागा आँखा अस्पताल मार्फत मधुमेहका बिरामीले अत्याधुनिक उपकरण मार्फत आँखाको  परिक्षण गराउन सक्ने छन् ।  अस्पतालका अध्यक्ष्य मधु आचार्यको सभापतित्व रहेको कार्यक्रममा अस्पतालका महासचिव हिरामणि शर्माको  स्वागत मन्तब्य व्यक्त राख्नु  भएको  थियो ।

       कार्यक्रममा  लाइन्स डिस्ट्रिक ३२५ ए २ का प्रेसिडेण्ट लायन केशब पाण्डे प्रमुख आतिथ्यता रहेको थियो   । प्रमुख अतिथि पाण्डेले अन्धोपन निवारणमा लायानको निरन्तर सहयोग रहने बचन दिनुभयो । कार्यक्रममा लायनस टेक्निकल एड्भाइजर एबम बरिष्ट नेत्र बिशेषज्ञ डक्टर डि एन साहले अस्पतालको प्रगतिमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा हरि भिन्वनले ढल्केबार स्थित एइको मासुनागा आँखा अस्पताललाई बायो मेडिकल सोलुसन मार्फत एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमको संचालन लायन बिमल पौड्यालले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्