काभ्रे जिल्लामा आज भन्दा १५ वर्ष अघि प्रशारणमा आएको रेडियो एविसी ८९ ८ मेगाहर्जले आफ्नो १५ औँ वर्ष गाँठ समारोह स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र अस्पताल बनेपा भैसेपाटीका बिरामीहरु माझ केक काटेर गत विहीबार मनाएको छ । त्यतिबेला श्रोता माझ रेडियो को अत्यन्तै क्रेज थियो । अहिले सामाजिक संजालले रेडियो टिभि पत्रपत्रिकाको बजार खाईदिएको छ तर पनि रेडियो खोल्ने काम रोकिएको छैन । मिडियाहरु व्यक्तिवादी र झन् अराजक बन्दै गएको गुनासो चौतर्फी छ तर पनि रेडियो एबिसीले आफ्नो कर्तब्य निभाएको छ । साना मिडियाहरु जोगाउने सरकारको योजना छैन। पाठक, श्रोता दर्शक र बजार अध्ययन नगरी मिडिया खोल्न इजाजत दिनु सरकारको कमजोरी भएको गुनासो मिडियामा लगानी गर्नेहरु बताउंदै आएका छन् ।
कोभिड–१९ र तिहारका कारण रेडियो एबिसी ब्यबस्थापनले छोटो कार्यक्रम गरेको जनाएको छ । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रेडियो एविसीका स्टेशन मेनेजर रमेशप्रसाद न्यौपानेले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बद्रीराज तिमल्सिनाले समाज रुपान्तरण गर्न सामुदायिक रेडियोहरुको भूमिका अब्बल रहेको बताउँदै चौथो अंग समाजको तेस्रो आँखा रहेको उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि तिमल्सिनाले स्पाइनल इन्जुरीमा रहेका विरामीहरुको चाँडो स्वास्थ्य लाभको कामना गर्नुभयो । काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चका अध्यक्ष सचित खड्का, अस्पतालका डा. निता चण्डी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।स्पाइनल इन्जुरी अस्पतालमा उपचार गराउँदै आउनु भएका हेटौडाका विरामी मञ्जील मोक्तानले मोटर साइकल दुर्घटनामा परी दुबै खुट्टामा समस्या आएको स्पाइनल इन्जुरीमा राम्रो सेवा पाएको उल्लेख गर्दै थप प्रस्ट पार्नुभयो । अस्पतालमा उपचारमा रहेका सबै विरामीहरुलाई फलफुल र जुस वितरण गरी रेडियोको १५ औँ वर्ष गाँठ मनाएको उक्त कार्यक्रममा रेडियोकर्मी लगायतको उपस्थिति रहेको थियो ।अस्पतालका डा. समक्षिा कार्की, फोटो पत्रकार गोपाल बैद्य लगायतको आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व रेडियो एविसीका प्रवन्ध निर्देशक आर.एल श्रमजीवीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रेडियोका बरिष्ठ कार्यक्रम प्रस्तोता गोपालप्रसाद ज्ञावलीले गर्नु भएको थियो ।
