IMG-LOGO

देउवा र पौडेलको नेतृत्वमा पार्टी चल्दैन –प्रकाशमान सिंह

 मंगल, कार्तिक २३, २०७८  -

       नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् । विगतमा कम्युनिस्टहरुले नसकेपछि कांग्रेस नेतृत्वको सरकारको पालामा संविधान जारी भएको उनले बताए। सिन्धुलीको मलामाईमा सोमबार आयोजित कार्यक्रममा बोल्दै सिंहले कांग्रेसमा नेतृत्व परिवर्तनको विकल्प नरहेको बताएका हुन् ।

       उनले कांग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन। ’अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन’ पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्। भविष्य हेर्नुहोस्। छोरा, नाति,पनातिको भविष्य हेर्नुहोस्। राम्रो नेता चुनेर पठाउनुहोस्। का्रग्रेस बचाउनुहोस्।’ नेता सिंहले कांग्रेसमा नेतृत्व परिवर्तनका लागि आफू मिसन र भिजनका साथ प्रस्तुत भएको बताए । उनले आफूसँग कांग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको समेत दाबि गरे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्