बनेपा, नोबेल बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ९ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा शनिबार सम्पन्न भयो । संस्थाका सल्लाहकार रमेश प्रसाद हुमागाईले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको आर्थिक जीवन स्तर सुखमय बनाउन सक्नु नै उपलब्धी मुलक भएको बताउनु भयो । कार्यक्रममा सचिव गोबर्धन कर्माचार्यले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राजकुमार विष्टले आ.व. ०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । १ हजार १ सय ९७ शेयर सदस्यबाट १ करोड ८५ लाख ८८ हजार ९ सय शेयर पूँजी संकलन, १५ करोड ६२ लाख ५ हजार ३ सय १२ बचत निक्षेप संकलन, १२ करोड १३ लाख ४२ हजार ९ सय ४४ ऋण लगानी गरेर १ करोड ९४ लाख १ सय ८५ कुल आम्दानी गर्न सफल भएको छ । लेखासुपरीवेक्षण समितिका सदस्य गोपाल प्रधानले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका प्रवन्धक नारायण गोपाल श्रेष्ठले सहकारी संस्थाले शेयर सदस्यहरुको जीवन स्तर उकास्न, व्यवसायीहरुको व्यापार प्रवद्धन गर्न, उद्यमशिलताको विकास गर्न लागि परेको बतानउनु भयो । संस्थाको सञ्चालक सदस्य प्रमिला चण्डी श्रेष्ठले लक्ष्मीमाया श्रेष्ठको छोरा राहुल श्रेष्ठलाई विगत ३ वर्ष देखि दिदैँ आएको ५ हजार रकम छात्रवृद्धि स्वरुपको रकम एसइइ उतL{0f नगरेञ्जेलसम्म निरन्तर प्रदान गर्ने कुरा बताउनु भयो ।
