बनेपा, मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको २६ औँ वार्षिक साधारण सभा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धवप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भयो । संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सदस्य दीपक पौडेल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, समृद्धि बचत तथा ऋण सहकारी संस्था बनेपाका अध्यक्ष साधुराम दाहाल, मनकामना बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष राजकुमार हुमागाइ वित्तीय विश्लेषक बालमुकुन्द सुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाका सचिव होमनाथ ढुङ्गोलले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले लेखापरीक्षण प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक मोटप्रसाद सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
७ हजार १ सय ९ शेयर सदस्यबाट १८ करोड ६४ लाख ६ सय शेयर पूँजी संकलन, १ अर्ब ४१ करोड ५९ लाख ९३ हजार २ सय ८ ऋण लगानी गरेर २ करोड ५९ लाख १८ हजार ९ सय २२ कुलमुनाफा कमाउन सफल भएको छ । १ अर्ब २९ करोड ७४ लाख ५२ हजार ५ सय ९१ बचत निक्षेप संकलन, १ अर्ब ७० करोड १६ लाख २ हजार ७ सय वासलात रहेको छ । भने ६ करोड ९२ लाख ६४ हजार १ सय १५ जगेडा कोष रहेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले मनकामना सकोसले नीति विधि र प्रविधिको उच्च प्रयोग गरी शेयर सदस्यहरुलार्य छिटो छरितो सेवा प्रवाह गरेको बताउनुभयो । संस्थाले आ.व. ०७७÷०७८ मा ११ जनालाई मृत्यु राहत वापत २० हजारका दरले २ लाख २० हजार प्रदान गरेको छ । उद्यमसिलताको विकास व्यापार व्यवसायम प्रवद्र्धन गरी शेयर सदस्यहरुको जीवनमा आर्थिक आयस्तर बृद्धि गर्न कटीबद्ध भएर लागि परेको कुरा संस्थाका अध्यक्ष बलकृष्ण दाहलले बताउनुभयो ।
