IMG-LOGO

सयपत्री प्रतिष्ठानको सम्मान कार्यक्रम

 मंगल, कार्तिक १६, २०७८  -

       सयपत्री प्रतिष्ठान नेपाल जनागाल काभ्रेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औैं जन्मजयन्तीको अवसरमा शनिबार दुई श्रष्टालाई दम्पत्ती सहित ‘सयपत्री राष्ट्रिय सम्मान २०७८’ ले सम्मान गरेको छ । काभ्रेका साहित्यकार सूर्यप्रसाद लाकोजू र उहाँकी श्रीमती सविताकुमारी श्रेष्ठ तथा विराटनगरकी साहित्यकार गंगा सुवेदी र उहाँको श्रीमान दिनेश सुवेदीलाई नगद सहित सम्मान गरिएको हो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायले सम्मानित गर्नु हुदै सयपत्री प्रतिष्ठानले श्रष्टाहरुको योगदानको जीवनवोद गरी दम्पत्तीसहित सम्मानित गर्ने परम्पराले आफुलाई निकै प्रभावित पारेको उल्लेख गर्नुभयो ।

       सयपत्री प्रतिष्ठानका सल्लाहकार वरिष्ठ साहित्यकार मोहन दुवालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी निश्वार्थ जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिदै सयपत्रीले सदैव उत्कृष्ठ कार्य गरेकोले आफूले साथ दिइरहेको बताउनुभयो । सम्मानित श्रष्टाहरुको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ लेखक श्रीओम श्रेष्ठ “रोदन“ले प्रकाश पार्नु भएको थियो भने सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्रीको गतिविधि र सयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिनुभएको थियो । बनेपा नपा वडा न १० का वडा अध्यक्ष चन्द्रबहादुर खडका, नेपाल साहित्यिक पत्रकार महांसघका चेतनाथ धमाला लगायतले सम्बोधन गर्नु भएको उक्त कार्यक्रममा एक दर्जनभन्दा बढी श्रष्टाहरुले कविता, गित र गजल बाचन गरेका थिए । बरिष्ठ साहित्यकार मातृका पोखरेलले सञ्चालन गर्नु भएको कार्यक्रममा सयपत्री प्रतिष्ठानका उपाध्यक्ष पद्युम्न न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्