IMG-LOGO

अन्तराष्ट्रिय समाजमा– दिपक खरेलको नेतृत्व

 मंगल, कार्तिक १६, २०७८  -

       अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको दोश्रो महाधिवेशन शनिबार धुलिखेलमा सम्पन्न भएको छ । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीे प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर विश्वको विभिन्न मुलुकमा रहेका काभ्रेलीहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि आशनबाट उमेश मैनालीले  भन्नुभयो– आफू जन्मिएको माटोको मायाले संसारभरि छरिएका काभ्रेलीहरु एकजुट भएर संस्था गठन गर्नु सहासिक कार्य हो भन्दै काभ्रेपलाञ्चोक सेवा समाजको प्रशंसा गर्दै कोभिड–१९ संक्रमण फैलिएको बेलामा जिल्लामा समाजले पु¥याएकोमा सहयोग र प्रसंशायोग्य रहेको कुरा बताउनुभयो ।

        काभ्रेलीहरुको सुख दुःखमा साथ दिँदै आएको अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको महाधिवेशन सफलताका लागि विभिन्न महानुभावले शुभकामना सन्देश दिएका थिए । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले बनेपा नगरपालिका वडा नं १० र १३ को सीमाना भैंसेपाटीमा डिजिटल फिल्म म्यूजियम तथा छायांकनका लागि अत्याधुनिक स्टुडियो बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पारेको र बजेटसमेत रहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेशका सदस्य कैलाश पलाञ्चोके, काभ्रे सेवा समाज नेपालका अध्यक्ष नारायण महत क्षेत्री,अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका संस्थापक अध्यक्ष कपिलदेव थापा लगायतले बोल्नुभएको थियो । दोस्रो महाधिवेशनमा समाजमा योगदान पु¥याउने विशिष्ट काभ्रेलिहरुलाई सम्मान गरिएको थियो । जसमा साहित्य विधातर्फ प्राज्ञ डा. गीता त्रिपाठी, कला–संस्कृति विधातर्फ चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहाल, सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, खेलकूद विधातर्फ एनआरएनए स्पोटर््स कोअर्डिनेटर राजन खत्री, स्वास्थ्य विधातर्फ अन्तर्राष्ट्रिय रक्तदाता अर्जुन मैनाली, महिला कृषि उद्यमशीलतातर्फ झ्यम्भल कृषि फर्म लघु उद्यमकी सञ्चालक कमला लामा र समाजसेवातर्फ बौद्धिक अपाङ्गता पुनस्र्थापना केन्द्रकी सचिव सुधा सिलवाल रहनु भएको छ ।

       समाजको आगामी दुई वर्षका लागि पुनः दिपक खरेल (स्पेन बार्सिलोना) को  नेतृत्वमा कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्षहरु ःदिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया), सङ्गम भण्डारी (इटाली), महासचिवमा मोहन बिष्ट(यूएसए), कोषाध्यक्षमा यम श्रेष्ठ(दक्षिण कोरिया), सचिवमा सिरी सत्याल(दक्षिण कोरिया), क्षेत्रिय संयोजकहरुमा ः मध्यपूर्व क्षेत्रिय संयोजकमा दिलकुमार लामा (युएई), यूरोप क्षेत्रिय संयोजकमा कान्छाराम बुढाथोकी(यूके), अमेरिका क्षेत्रिय संयोजकमा नविन सापकोटा(यूएसए), एशिया प्रशान्त क्षेत्रिय संयोजकमा प्रमोद खतिवडा (अष्ट्रेलिया), अफ्रिका क्षेत्रिय संयोजकमा चिरञ्जिीवी थापा(सिसेल्स) सदस्यहरुमा ःविजय बस्नेत(अष्ट्रेलिया), अशोक उप्रेती(इटाली), उद्धवराज गौतम(बेल्जियम) रहनु भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्