IMG-LOGO

नेकपा एमालेमा युवाहरु नेतृत्वमा

 मंगल, कार्तिक १६, २०७८  -

    नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले बिद्रोह गरेर गए पछि हाइ सन्चो भएको छ।  सबैलाई नेता बन्ने भाग पुगेको छ ।  सग्लो एमालेको चुनावी रनौक भन्दा नेतृत्व चयन फिक्का भएको छ । एमालेले प्रचार गर्दा कार्तिक  ६ गते वडा अधिवेशन र  ९ गते नगर , गाउँ पालिका अधिवेशन भनेर प्रचार गरिएका पनि  कांग्रेसको जति पनि जनचासो भएन । 

       ओली पक्षमा त्यसमा पनि गोकुलप्रसाद बास्कोटाले मन पराएका एमालेहरु नगर सभापतिमा बिना प्रतिश्पर्दा आएका छन् । नयाँ नेतृत्वमा  बनेपामा रत्नकुश रञ्जित,  धुलिखेलमा दयाराम महत, पनौतीमा सुरेश हुमागाई,पाँचखालमा विष्णुहरी पौड्याल, मण्डनदेउपुरमा शेरबहादुर डोटेल,  महाभारतमा जगत मोक्तान, चौरीदेउरालीमा जितराम लामा,  भुम्लुमा कृष्णमान तामाङ, तेमालमा इन्द्रमान तामाङ नेतृत्वमा आएका अनुहार युवा छन् ।पनौती र धुलिखेलका अध्यक्ष सुरेश हुमागाई र दयाराम महत पत्रकार पृष्ठभूमिका नेता हुन् । उनीहरु नेपाल पत्रकार महासंघका सदस्य पनि हुन्  । त्यस्तै गरी खानीखोला गाउँपालिकाको गाउँकमिटि अध्यक्षमा डम्बर वहादुर तिमल्सिना सर्वसम्मत चयन हुनु भएको छ । नेकपा एमाले नमवुद्ध नगरपालिकामा चुनावी प्रतिस्पर्धाबाट कृष्ण खनाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँसँग पूर्णप्रसाद पाण्डे, उद्धवप्रसाद हुमागाई र सञ्जीव ढकालले प्रतिस्पर्धामा उत्रेका थिए । ८१ मत ल्याइ कृष्ण खनाल विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्दी सञ्जीव ढकालले ४६ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी नेकपा एमाले बेथानचोक गाउँपालिकाको अधिवेसन नेकपा एमाले केन्द्रय सदस्य एवं काभ्रेका इन्चार्ज गोकुल प्रसाद बासकोटाले सोमबार उद्घाटन गर्नुभयो । उक्त अधिवेसनले नेतृत्व चयन गर्न बाँकी छ । १२ पालिकामा एमाले काभ्रेको अधिवेशन सम्पन्न भएपनि रोशी गाउँपालिकामा भने अझै अधिवेशन हुन सकेको छैन । जिल्ला निर्वाचन संयोजक महेश्वर जंगमका अनुसार एमाले रोशी गाउँकमिटिको अधिवेशन कार्तिक २४ गते हुने बताउनुभयो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्