२०७८ सालको तिहारको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा)को उत्तम साइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।
२०७८ सालको तिहारपर्वसँग सम्वन्धित दिन तथा साईतहरू यस प्रकार छन् ः कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती । कात्तिक १७ गते, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने) १८ गते, विहिबार –लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि । १९ गते, शुक्रबार –गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२ प्रारम्भ । २० गते, शनिबार – यमद्वितीया भाइटीका ,(किजापूजा) बिहान ११ः२ बजे रहेको छ ।
