IMG-LOGO

आज पत्रकारको शुभकामना आदानप्रदान

 मंगल, कार्तिक १६, २०७८  -

       नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आज  कात्तिक १६ गते मंगलबार विजया दशमी, दिपावली, नेपाल सम्बत, छठ, तथा ल्होछार पर्वको अवसरमा सुभकामना आदान प्रदान, चियापान तथा फुटसलको आयोजना गरेको छ । पत्रकार महासंघ र काभ्रे  उद्योग बाणिज्य संघसंग पहिला जनागालमा रहेको फुटसलमा मैत्रीपूर्ण फुटसल खेल्ने र त्यसपछि पञ्चकन्या बेन्क्वेटमा शुभ–कामना आदान प्रदान कार्यक्रम सञ्चालन हुने जानकारी सचिव कपिल  कोइरालाले  बताए । त्यसैगरी आजै १० बजे माओवादी निकट पत्रकारको संम्धिको थकाली भान्छाघर धुलिखेलमा प्रेस सेन्टर काभ्रेको चौथो जिल्ला अधिवेशन हुनेछ । अधिवेशनमा खेलकुद मन्त्रि महेश्वरजंग गहतराज प्रमुख अतिथिका रुपमा निम्त्याईएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्