IMG-LOGO

युवा पुस्तामा नेतृत्व हस्तान्तरण भए तिव्र विकास हुन्छ ः महामन्त्री शशांक

 मंगल, कार्तिक १६, २०७८       हरिनाथ न्यौपाने

       महाभारत ÷ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको नेतृत्व अव परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस महाभारत गाउपालिकाको आयोजनामा आइतबार शुभ दिपावली, नेपाल संवत् ११४२ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसको केन्द्रीय नेतृत्व युवा पुस्तालाई प्राथमिकताका साथ हस्तान्तरण गर्न सके मात्र देशको तिव्र विकास हुने दावि गर्नुभयो ।

       विकट डाडाँपारी क्षेत्रमा कृषि, पर्यटनको प्रचुर सम्भावना भएपनि व्यवस्थित सडक सञ्जालका कारण अप्ठ्यारो परेको भन्दै उहाँले सम्बन्धित मन्त्रीहरुलाई समाधानका निमित आग्रह गर्ने उल्लेख गर्नुभयो । कांग्रेस पार्टीलाई निर्वाचनमा हराउँने कांग्रेसी नै भएको भन्दै उहाँले आउँदो चुनावमा सबै भुल सुधार गर्दै बहुमतका साथ कांग्रेसलाई विजयी गराउन अपिल गर्नुभयो । विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरिले डाडाँपारी क्षेत्रका जनताको अनुहारमा हाँसो, खुसी र सुखी जीवन ल्याउनका लागि पहिलो चरणमा सडकलाई व्यवस्थित गर्न आफूले पहल गर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले कर्णालीको रुपमा चिनिने काभ्रेको महाभारत र खानीखोला गाउँपालिकाको विकास र समृद्धिको यात्रामा कांग्रेस पार्टी सदैव साथमा रहने उल्लेख गर्दै स्थानिय, प्रदेश र संघ सरकारलाई निरन्तर घच्घचाउन  आफू  लागि पर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यले डाडाँपारी क्षेत्रका जनताको लागि विकास, समृद्धि र सुखि जीवनकै शुभकामना दिनुहुँदै अब आउने हरेक चुनावमा कांग्रेसको नेतृत्वलाई विजयी गराउन आग्रह गर्नुभयो ।

       नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा १ का सभापति तिर्थ लामा, नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा १ (क) का राम योञ्जन, नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा १ (ख) का रमेश हुमागाई, पूर्व सांसद ललिता किङ्रिङ् , कांग्रेस काभ्रे उपसभापति गोविन्द बहादुुर थापा,  युवा नेताहरु सिवि लामा, गणेश लामा, कांग्रेस काभ्रे सचिव दिनेश लामा, सहसचिव इश्वरी ओझा, पूर्व सभापति तिर्थ पसखल, पूर्व जिल्ला सचिव शंखबुद्ध लामा, तेमाल गाउँपालिका प्रमुख सलाम सिं तामाङ लगायत डेढ दर्जन नेताहरुले सम्बोधन गर्नुभएको  कार्यक्रममा वडा सभापतिहरु, वडा अध्यक्षहरु, नेपाली कांग्रेसका भातृ एवं शुभेच्छुक संघ संस्थाका  प्रमुख एवं प्रतिनिधिहरु लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । नेपाली कांग्रेस महाभारत गाउँपालिकाका सभापति सागर मोक्तानको सभापतित्वमा सम्पन्न भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा विशाल काल्तान, जितु लोप्चन लगायत कलाकारहरुले सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए भने १ सय जना भन्दा वढी व्यक्तिहरु नेपाली कांग्रेस प्रवेश गर्दै सदस्यता लिएका थिए । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्