IMG-LOGO

कम्युनिष्टहरुले सत्ता सञ्चालन गर्न जानेनन् ः पशुपति शम्सेर जबरा

 मंगल, कार्तिक १६, २०७८  -

       बनेपा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति संसेर जवराले नेपालका कम्युनिष्ट पार्टीहरुलाई जनताले विश्वास गरेर सत्तामा पु¥याएर पनि सत्ता सञ्चालन गर्न नजान्दा देशमा अस्थीरता निम्तिएको धारणा राख्नु भयो । नेकपा एमाले र माओवादी केन्द्र गठवन्धन गरेर दुईतीहाई नजिकको जनमत प्राप्त गरेर पनि जनताहरुको विकास र समृद्धिको चाहनालाई कुठाराघात गरी निराशा बनाएको राप्रपा अध्यक्ष जवराले उल्लेख गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति काभ्रेको अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष जवराले नेपालमा ८१ प्रतिशत हिन्दु रहेको देशमा धर्मनिरपेक्ष राष्ट्र बनाएर ठुला भनिएका नेपाली कांग्रेस एमाले र माओवादी केन्द्रका दलका नेताहरुले देशलाई कमजोर बनाएको उल्लेख गर्नुभयो । राप्रपाले हिन्दुराज्य, राजसंस्था सहितको प्रजातन्त्र स्थापना गर्न एकतावद्ध भइ लाग्ने कुरा राप्रपा अध्यक्ष पशुपति संसेर जवराले जनाउनुभयो  । नेकपा एमाले नेतृत्वको सरकार पनि भ्रष्टचारमा चुरल्लुम्म डुवेको, अहिलेको ५ दलीय गठबन्धनको सरकार शेरबहादुर देउवाको सरकार पनि शुर र ताल लिन नसकेको बताउनुभयो ।

       राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ कार्य सम्पादन समिति सदस्य दिल विकास भण्डारी, केन्द्रीय सदस्य उदय सिंह पुस्याजु, मिनाकुमारी सुवेदी, जिल्ला मार्नथ अध्यक्ष विरबहादुर योञ्जन, जिल्ला प्रचार प्रसार संयोजक गणेशलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेका थियो । जिल्ला भरीका राप्रपाका कार्यकर्ताहरुले नगरपरीक्रमा गरी अरनिको पार्टी प्यालेसमा औपचारीक कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव धनजीत लामाले गर्नु भएको थियो । उक्त भेलाले टुल्कु लामाको अध्यक्षतामा ३० सदसीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षहरु गणेशलाल श्रेष्ठ, श्रीदाश लामा र गंगामाया तामाङ, सचिव धनजीत तामाङ र कोषाध्यक्ष किरण श्रेष्ठ रहनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्