IMG-LOGO

एमाले केन्द्र देखि प्रदेशसम्म प्रतिपक्षीमा

 मंगल, कार्तिक १६, २०७८  -

       नेकपा एमाले केन्द्रमा (संघीय संसद्) सबैभन्दा ठूलो दल हो । हिजो नेकपा हुँदा केन्द्र र प्रदेशमा एकलौटी सरकार थियो ।  केपी ओलीका कारण केन्द्र देखि प्रदेशसम्म प्रतिपक्षी भूमिकामा थन्किनु परेको छ ।  हिजो जस्तो सग्लो एमाले पनि छैन ।  ५ jर्ष अघि भएको स्थानीय तहमा पनि पनि एमाले सबैभन्दा ठूलो राजनीतिक दल भएता पनि अहिले फुटेर दुइ टुक्रा भएको छ  ।

       हिजो देखि  प्रदेशमा सरकार रहेन । केन्द्रिय संघमा उहिल्यै  सरकार गएको  हो । अब स्थानीयमा बाहेक कहीँ पनि एमाले नेतृत्वको सरकार बाँकी रहेन । विशेषगरी, २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटन गरेपछि एमाले सत्ताबाट ओर्लिने क्रम शुरू भएको हो । पछिल्लो पल्ट बागमती प्रदेशमा नेकपा एस पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् भने प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्