IMG-LOGO

१४ औ महाधिवेशन अझै अनिश्चित

 मंगल, कार्तिक ९, २०७८  -

    कांग्रेसको १४ औ महाधिवेशन अझै निश्चित हुन सकेको छैन । विधानअनुसार तोकिएको मितिमा महाधिवेशन भएको भए २०७६ फागुनमा १४ औं महाधिवेशन सम्पन्न भइसक्थ्यो तर देउवाले महाधिवेशन लम्बाएका लम्ब्याई छन् ।  महाधिवेशन वैधानिक मितिभन्दा दुई वर्ष पर गईसकेको छ, अझ पनि देउवा महाधिवेशन सार्ने दाउ खोजिरहेका छन् । पाँचौपटक सारेर मंसिर ९ देखि १३ सम्म कांग्रेसको १४ औं महाधिवेशन गर्ने भनिए पनि अब त्यो मितिमा महाधिवेशन नुहने निश्चित भएको छ ।  
    दशैं अगाडिबाट रोकिएको महाधिवेशन प्रक्रिया छठ अगाडि गति लिने सम्भावना छैन । किनभने देउवा शुक्रबार बेलायत भ्रमणमा निस्कद ैछन ।  तालिका अनुसार १० असोजमा नै जिल्ला अधिवेशन सकिनु पथ्र्यो । तर, अहिलेसम्म जम्मा १३ वटा जिल्लामा मात्रै जिल्ला अधिवेशन सकिएको छ । अहिले कांग्रेसमा महाधिवेशनको सबै प्रक्रिया ठप्प छ । १४ औं महाधिवेशनका लागि तयार गरिएको निर्वाचन कार्यतालिका भद्रगोल भएको छ । कांग्रेसको कुनै पनि तहको बैठक बस्न सकेको छैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्