IMG-LOGO

सयपत्री सम्मान गंगा र लाकोजूलाई

 मंगल, कार्तिक ९, २०७८  -

       बनेपा । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान विराटनगरकी साहित्यकार एवं साहित्यिक पत्रकार श्रीमती गंगा सुवेदी र काभ्रेली साहित्यकार एवं साहित्यिक पत्रकार श्री सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिने भएको छ ।

       सयपत्री प्रतिष्ठान नेपाल जनागालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्म जयन्तिको अवसर पारि आगामी शनिवार उहाँहरुको दम्पत्ति सहित सम्मान गर्न लागेको हो । २०५५ सालदेखि साहित्यिक गतिविधि संचालन गर्दै आएको प्रतिष्ठानले देवकोटा जयन्तिको अवसरमा राष्ट्रियस्तरका एक र काभ्रेली एक साहित्यिकारलाई दम्पत्ति सहित सम्मान गर्दै आएकोछ ।

       नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा. जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा राष्ट्रिय एवं जिल्लाका श्रष्टाहरुको कविता वाचन समेत गरिने प्रतिष्ठाबनका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएकोछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्