IMG-LOGO

एमाले काभ्रेका ११ वडामा अधिवेशन हुन सकेन

 मंगल, कार्तिक ९, २०७८  -

मुलुकभर नेकपा एमालेले गत कात्र्तिक ६ गते एकै दिन प्रथम वडा अधिवेशन गरेको छ । देश भरका ६ हजार ७ सय ४३ वडामा सर्बसम्मत नेतृत्व चयन गरेका छ । त्यस्तै नेकपा एमाले काभ्रेले निर्धारित समय सिमा भित्र भने १ सय ३५ वडामा ११ वटा वडामा वडा अधिवेशन गर्न सकेको छैन । चौरीदेउराली गाउँपालिका वडा नं २, ३ र ५, बेथानचोक ४, ५ र ६ र रोशीगाउँपालिका ३, ८, १० र १२ वडा मा वडाअधिवेशन हुँन बाँकी रहेका छन् । समयसिमा भित्र किन वडा अधिवेशन हुन सकेन भन्ने सन्दर्भमा नेकपा एमाले काभ्रेका सचिव नारायण पाण्डे सँग जिज्ञासा राख्दा व्यवस्थापन प्राविधिक कारणले मात्र रोकीएको प्रतिकृया दिनुभयो । कात्तिक १० गते भित्र वडा अधिवेशन सम्पन्न हुने कुरा जिल्ला पार्टी सचिव नारायण पाण्डेले जानकारी दिनुभयो । हाल नेकपा एमाले काभ्रेमा २१ हजार संगठीत सदस्य रहेका छन् । वडा कमिटिको  अध्यक्षमा युवाहरुको बर्चश्व काभ्रे जिल्लामा सर्वसम्वत निर्वाचित भएका वडा कमिटीका वडा अध्यक्षहरु युवाहरुको बर्चश्व रहेको छ । नेकपा एमाले धुलिखेल वडा नं ८ को वडा अध्यक्षमा राम वाइवा निर्वाचित हुनु भएको छ । उपाध्यक्ष रविनद्र जंगम,सचिव मिलनकुमार गौतम, उपसचिव पार्वती केसी र विक्रम लामा रहनु भएको छ । उक्त भेलाले ३१ सदस्यीय वडाकमिटी निर्वाचित गरेको छ । धुलिखेल नगरकमिटीका सचिव निराजन जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल अखिल किसान संघका पूर्व अध्यक्ष साधुराम वडाल, नेकपा एमाले काभ्रेका सदस्य गोविन्द (रोमप्रसाद) न्यौपाने, नेकपा एमाले धुलिखेल वडा नं ८ वडाकमिटी पूर्व अध्यक्ष कुष्ण प्रसाद शर्मा लगायतको आतिथ्यता रहको थियो ।

       त्यसैगरी नेकपा एमाले धुलिखेल नगरपालिका वडा नं १ को प्रथम वडा अधिवेशनबाट अध्यक्षमा ज्ञानवहादुर तामाङ, उपाध्यक्ष विनोद घोरसाइने, सचिव उद्धव तिमल्सिना, उपसचिव द्धय श्रृजना तामाङ, सुदर्सन सापकोटा सर्वसम्मत चयन भएका छन् । उक्त वडा अधिवेशनमा धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्मा चौलागाइको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगम, वडा नं १ का वडा अध्यक्ष रमेश घोरासाइने लगायतको आथिथ्यता रहेको थियो ।  कार्यक्रमको अध्यक्षता कर्साङ लामाले गर्नु भएको कार्यक्रमको सञ्चालन सोनाम तामाङले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्