IMG-LOGO

रोटरी पनौतीद्वारा पोलियो दिवसको आयोजना

 मंगल, कार्तिक ९, २०७८  -

       अक्टोबर २४ तारिखमा विश्व पोलियो दिवसको अवसर पारेर रोटरी क्लब अफ पनौती, रोट¥याक्ट क्लब अफ पनौती, ईन्ट¥याक्ट क्लब सिद्धार्थ वनस्थली ईन्स्टिच्यूटको संयुक्त आयोजनामा गत आईतबार पनौतीमा पोलियो दिवस मनाइयो । विश्वबाट पोलियो उन्मूलनका लागि वर्षाैंदेखि रोटरी ईन्टरनेशनलले महत्वपूर्ण सहयोग गर्दै आएकोमा रोटरी क्लब अफ पनौती र यसका भगिनी संस्थाहरुले यो दिवस मनाउनु सान्दर्भिक नै थियो । कार्यक्रमको शुरुमा पनौतीमा प्रभातफेरि कार्यक्रम गरेपछि क्लबका संस्थापक अध्यक्ष प्रा.डा.सुमनराज ताम्राकारले पोलियो रोग, खोपको औचित्य र पोलियो उन्मूलनको चरणबारे प्रष्ट्याउनु भएको थियो भने पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले पोलियो उन्मूलनका सवालमा नगरपालिकाले स्थानीय संघसंस्थाहरुसँगको सहकार्य माथि प्रकाश पार्नुभयो । कार्यक्रमको संचालन प्रेसिडेन्ट ईलेक्ट मधुसुधन गुरागाईं गर्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष ई. सितू सैंजूले विश्वबाट पोलियो उन्मूलनका लागि भएका अहिलेसम्मका प्रयासका भिडियोहरु प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा रोटरी क्लब, रोट¥याक्ट एवं ईन्ट¥याक्टका सदस्यहरुको पनि उपस्थिति थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्