धुलिखेल अस्पताल, काठमाण्डौ विश्वविद्यालय शिक्षण अस्पतालको स्त्री तथा प्रसुती रोग विभागले यस वर्षको गाईने÷अब्स स्नातकोत्तर तह (२०१८–२०२१ ब्याच) मा उत्तिर्ण डा. कुमारी त्वायना, डा. ज्योती मुडभरी र डा. श्रृंखला भट्टराईलाई बधाई ज्ञापन सहितको सम्मान कार्यक्रमकाृ आयोजना ग¥यो । सोही कार्यक्रममा निवर्तमान विभागीय प्रमुख डा. अन्जना डंगोल र हालै बढुवा हुनुभएकी डा. रश्मी बस्ताकोटीलाई पनि धन्यवाद एवं बधाई ज्ञापन गरिएको थियो । यस अवसरमा विभागीय प्रमुख प्रा.डा. सुमनराज ताम्राकारले सम्मानित व्यक्तिहरुलाई मायाको चिनो स्वरुप ‘विभागको भवनको चित्र अंकित सेरामिक कप’ प्रदान गरिएको थियो भने काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको एशोसियट डिन प्रा.डा. मनोज हुमागाई अस्पताल निर्देशक प्रा. डा बलराम मल्लले शुभकामना मन्तव्यका साथै स्त्री तथा प्रशुति रोग विभागबाट नयाँ प्रयासको थालनी गरेकामा धन्यवाद दिनु भयो । निवर्तमान विभागिय प्रमुख डा.अञ्जना ढङ्गोल र स्नाकोत्त्तर उतीर्ण विद्यार्थीहरुको आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
