IMG-LOGO

रोटरी पनौतीको दशैँ शुभकामना आदानप्रदान

 मंगल, कार्तिक ९, २०७८  -

 

       रोटरी क्लब अफ पनौती, रोट¥याक्ट क्लब अफ पनौतीको आयोजना तथा ईन्ट¥याक्ट क्लब, सिद्धार्थ बनस्थली ईन्ष्टिच्यूटको सहआयोजनामा दशैँ, तिहार तथा नेपाल संवत ११४२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । क्लबका पब्लिक ईमेज चेयर डा. सुमजराज ताम्राकारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष ई.सितू सैंजूले सन् २०१६ मा रोटरी क्लब अफ पनौती स्थापना भए देखिका मुख्य मुख्य उपलब्धि संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा पनौती क्षेत्रका सरकारी, गैरसरकारी तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुका साथै रोटरी क्लब अफ धुलिखेल, काभ्रे भ्याली तथा विभिन्न रोट¥याक्टका सदस्यहरको पनि उपस्थिति  रहेको थियो । कार्यक्रममा उपस्थित सबै जनालाई क्लबका अध्यक्षले ‘मकरमेला प्रवद्र्धनार्थ विकसित सेरामिक कप’ मायाको चिनो स्वरुप प्रदान गर्नु भएको थियो भने धन्यवाद ज्ञापन क्लबका प्रेसिडेन्ट ईलेक्ट मधुसुुधन गुरागाईले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्