बनेपा । सयपत्री प्रतिष्ठान नेपाल नागालले संस्थापक अध्यक्ष स्व.कृष्णकुमार केसीको पाँचौ वार्षिक पूण्यतिथिमा धुलिखेलमा रहेको मानव कल्याण समाज सेवा घरमा खाद्यान्न, जिन्सि र नगद सहयोग गरेको छ ।
कार्यक्रमका प्रमुख अथिति वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लहाकार मोहन दुवालले स्व केसीले समाजमा पु¥याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थापक अध्यक्ष स्व केसीको स्मृतिमा कोजाग्रत पूणिमाको दिन प्रत्येक वर्ष सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम गर्दै आएकोमा यस वर्ष सामाजिक क्षेत्र विधा अन्तर्गत सेवा घरले गरेको कार्यलाई सम्मान तथा पुरस्कृत गरेको बताउनु हुदै सेवा घरलाई १९ हजारको खाद्यान्न, १२ हजारको जिन्सि सामान र ३३४५६। नगद सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा प्राध्यापक शारदा प्रसाद शर्मा, सेवा घरका प्रतिनिधि, प्रतिष्ठानका उपाध्यक्ष प्रद्युम्न न्यौपाने, सचिव रामसुन्दर देउजालेमन्तव्य राख्नु भएको थियो । भक्तपुरमा केन्द्रिय कार्यालय रहेको मानव समाज कल्याण सेवा घर काभ्रे शाखा गत वर्षबाट संचालनमा आएको सेवा घरले अशक्त, अपाङ्ग, मनोरोगी, अनाथ र सडकमा अलपत्र परेका ४५ जनालाई आश्रय दिदै आएको छ । कार्यक्रममा आश्रित ४५ जनालाई प्रतिष्ठानले खाजाको समेत व्यबस्था गरेको थियो ।
